
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो दिन पनि उच्च अंकले घटेको बजार आज पनि उच्च अंकले घटेको हो ।
आज सेयर बजार परिसूचक ३१ दशमलव ५० अंकले घटेर २९२२ दशमलव ६३ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.०६ प्रतिशतले कम हो । आज सेयर बजारमा ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्य घटेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ७१ अंकले घटेर ५०१ दशमलव १२ विन्दुमा पुगेको छ । आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १८ अर्ब माथिको कारोबार भएको बजारमा आज करिब १६ अर्ब बढीको कारोबार भएको छ ।
आज बजारमा ३१८ कम्पनीका ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर १ लाख ६८ हजार ५९४ पटक खरिद बिक्री हुँदा १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९४४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व