
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । गत साता २ प्रतिशतले बढेको बजार यो साताको पहिलो दिन नै ५४.५१ अंक अर्थात् १.८९ प्रतिशतले बढेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २९३१.५५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७३ कम्पनीको सेयर मूल्य घटेको छ । आज ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ११.११ अंकले बढेर ५०५.३१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको सेयर मूल्य घटेको छ ।
परिसूचकसँगै कारोबार रकमा पनि उच्च वृद्धि देखिएको छ । आज सेयर बजारमा साढे २३ अर्ब माथिको कारोबार भएको छ । आज ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर २ लाख ४ हजार ९५५ पटक खरिद बिक्री हुँदा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि