सातामा करिब ७ अंकले बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

काठमाडौं । यस साता नेप्से परिसूचक करिब ७ अंक बढेर बन्द भएको छ । गत साता २७३८.७२ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.२५ प्रतिशत अर्थात ६.९३ अंक बढेर २७४५.६५ विन्दुमा बन्द भएको छ । यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से घटेको थियो भने तीन कारोबार दिन बढेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स २.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक बढेको छ ।

नेप्से बढेपनि यस साता कारोबार रकम भने घटेको छ । गत साता दैनिक औषतमा ५ अर्ब २९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ४२ करोड रुपैयाँको मात्र शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३५.३४ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ३४.९१ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ४६.९१ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ०.२५ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ७१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ११ अर्ब रुपैयाँ बढेर ४६ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ। १३ उपसमूहमध्ये यस साता १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६० प्रतिशत बढेको छ। गत साता १९८०.०१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३१.६५ अंक बढेर २०११.६६ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। सो उपसमूहको परिसूचक यस साता ३८.८२ अंक बढेको हो ।

कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस साता सर्वाधिक १.५० प्रतिशत घटेको छ । गत साता ५९५३.४९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ८९.४० अंक घटेर ६८६४.०९ विन्दुमा झरेको छ । त्यस्तै, यस साता अंकका आधारमा भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी १३६.२९ अंक घटेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार