
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलको स्वकीय सचिवमा पत्रकार डेनिस थापामगर नियुक्त भएका छन्। खुला प्रतिस्पर्धाका आधारमा संघीय संसद् सचिवालयले आह्वान गरेको विज्ञापनअनुसार थापामगरलाई आज स्वकीय सचिव पदमा नियुक्ति दिइएको हो।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–४ निवासी थापामगर लामो समयदेखि पत्रकारिता तथा शिक्षण पेसामा सक्रिय रहँदै आएका छन्। उनले सञ्चार क्षेत्रमा रहेर समाचार सम्प्रेषण तथा व्यवस्थापनसँगै शिक्षण क्षेत्रमा समेत अनुभव हासिल गरेका छन्। थापामगर सोलुखुम्बुस्थित हिमाल एफएम ९०.२ मेगाहर्जमा व्यवस्थापक (म्यानेजर) का रूपमा समेत कार्यरत थिए। सञ्चार क्षेत्रमा लामो समयको अनुभव हासिल गरेका उनलाई खुला प्रतिस्पर्धाबाट सांसद पोखरेलको स्वकीय सचिवमा नियुक्त गरिएको हो।
स्वकीय सचिवका रूपमा थापामगरले सांसद पोखरेलको सचिवालय व्यवस्थापन, समन्वय तथा संसदीय गतिविधिसँग सम्बन्धित जिम्मेवारीमा सहजीकरण गर्नेछन्। पत्रकारिता र शिक्षण पेसाको अनुभव बोकेका थापामगरको संसदीय सचिवालय प्रवेशलाई उनको व्यावसायिक यात्राको नयाँ जिम्मेवारीका रूपमा हेरिएको छ।












समाचार
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
यातायात व्यवस्था विभागले डेढ महिनामा उठायो ५ अर्ब राजस्व, ‘सवारी चालक अनुमतिपत्र’ भने प्रदेशले थाल्यो छापन
डिजिटल भुक्तानी प्रणाली सुरक्षित बनाउन भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन प्रस्ताव
उद्योगमन्त्री भन्छिन्- सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ
यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक: अध्यक्ष श्रेष्ठ
कालिञ्चोक दर्शनको लाभांश घोषणा
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात