फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग

काठमाडौं । फास्ट फुड एसोसिएसन नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख भन्दा बढी सहयोग गरेको छ । भदौ १० गते त्रिशूली, भोटेकोशी, रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा ऐक्यबद्धता जनाउँदै फास्ट फ्यानमा आबद्ध व्यवसायी सदस्य तथा शुभचिन्तकहरूबाट संकलित ३ लाख ३ हजार ३३३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

उक्त सहयोग रकम फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) का अध्यक्ष होमराज श्रेष्ठसहितले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंमा हस्तान्तरण गरेका हुन् । पीडित परिवारको दुःखमा हाम्रो सानो सहयोगले राहत र पुनःस्थापनामा केही योगदान पुगोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट