
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूले आफ्नो सञ्चित मुनाफा प्रयोग गरेर बजारबाट आफ्नै सेयर फिर्ता खरिद तथा सेयर कित्ता विभाजन गर्न पाउने भएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ मार्फत नेपाल धितोपत्र बोर्डलाई यससम्बन्धी आवश्यक नियमावली तथा नीतिगत पूर्वाधार तयार गर्न निर्देशन दिएको हो ।
मन्त्रालयद्वारा जारी कार्ययोजनाको ११ औँ बुँदामा सूचीकृत संगठित संस्थाहरूको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुरूप कम्पनीको सेयर पुँजीलाई अङ्कित मूल्यभन्दा बढी वा घटी मूल्यमा एकीकृत वा विभाजन गर्न सकिने उल्लेख छ । साथै, कम्पनीहरूले लाभांशका रूपमा वितरण गर्न सक्ने सञ्चित मुनाफाको रकम उपयोग गरी आफ्नै सेयर खरिद गर्न पाउने व्यवस्थालाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउन भनिएको छ ।
धितोपत्र बोर्डले सरोकारवालाहरूसँग परामर्श गरी २०८३ माघ मसान्तभित्र यससम्बन्धी नियामकीय तथा नीति–नियमलगायतका पूर्वाधार तयार पारिसक्नुपर्ने समयसीमा तोकिएको छ । अन्तर्राष्ट्रिय सेयर बजारमा सूचीकृत कम्पनीहरूले बजारमा सेयरको अत्यधिक आपूर्ति भई मूल्य घट्दा वा कम्पनीसँग पर्याप्त नगद सञ्चित हुँदा सेयर बायब्याक गर्ने गर्छन् ।
यसले बजारमा सेयरको आपूर्ति घटाई प्रतिसेयर आम्दानी बढाउन र सेयर मूल्यलाई स्थिर राख्न सहयोग पु¥याउँछ । सेयर बाय ब्याक सुविधाले नेटवर्थ राम्रो भएर पनि सेयर बजारमा राम्रो मूल्य पाउन नसकेका वाणिज्य बैंकहरुले फाइदा उठाउन सक्नेछ । त्यस्तै, उच्च मूल्य भएका सेयरलाई विभाजन गर्दा साना लगानीकर्ताको पहुँच वृद्धि भई बजारमा तरलता बढ्ने अपेक्षा गरिएको छ । यसले युनिलिभर जस्ता उच्च मूल्य भएका कम्पनीमा सर्वसाधारणको पहुँच बढ्नेछ ।











समाचार
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै
पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, के के कुरा समेटिए ? (यस्तो छ पूर्णपाठ)
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी