
काठमाडौं । संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनःखोल्ने इरानको प्रस्ताव अस्वीकार गरेको संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले बताउका छन् । इरानले आणविक कार्यक्रमबारे वार्ता अघि बढाउनुअघि प्रतिबन्ध हटाउन र अर्बौं डलर बराबरको रोक्का सम्पत्तिमा पहुँच दिनुपर्ने माग राखेकाले प्रस्ताव स्वीकार नगरिएको उनले बताए ।
सीएनएनको ‘स्टेट अफ द युनियन’ र एनबीसीको ‘मिट द प्रेस’ कार्यक्रममा वाल्ट्जले इरानले हर्मुज जलघाँटी सात दिनका लागि खोल्ने प्रस्तावसँग रोक्का सम्पत्तिमा पहुँच र प्रतिबन्ध हटाउने माग जोडेको बताए । उनले अमेरिकाले अन्ततः इरानसँग कुनै न कुनै सम्झौता गर्नुपर्ने भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विकल्प खुला राखेको बताए ।
वाल्ट्जले इरानमाथिका प्रतिबन्ध अमेरिकी मात्र नभई विश्वव्यापी रहेको उल्लेख गर्दै इरानको आणविक कार्यक्रमबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले पछिल्ला २० वर्षमा सातवटा प्रस्ताव पारित गरेको बताए । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पनि आणविक गतिविधिको निरीक्षणमा आवश्यक पहुँच नदिएको विषय सुरक्षा परिषद्मा पठाएको उनको भनाइ थियो ।
इरानी विदेशमन्त्री सैय्यद अब्बास अराघचीले भने वाल्ट्जले हर्मुज जलघाँटी खोल्ने प्रस्तावको विवरण सही रूपमा प्रस्तुत नगरेको बताएका छन् । उनले प्रस्तावबारे इरानलाई अमेरिकी अस्वीकृति औपचारिक कूटनीतिक माध्यमबाट जानकारी नगराइएको दाबी गरे ।
यसैबीच, राष्ट्रपति ट्रम्पले इरानसँगको द्वन्द्व चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्दै त्यसपछि विश्वव्यापी तेलको मूल्य घट्ने बताएका छन् । उनले इरानसँग आणविक हतियार हुन नदिनु अमेरिकी नीतिको मुख्य विषय रहेको दोहोर्याए । आगामी मध्यावधि निर्वाचनअघि थप सैन्य कारबाही हुनसक्ने सम्भावनालाई पनि उनले अस्वीकार गरेनन् ।
अराघचीले इरान कूटनीतिक समाधानका लागि तयार रहेको बताउँदै थप आक्रमणको सामना गर्न पनि आफ्नो देश तयार रहेको उल्लेख गरे । उनले अमेरिकी मध्यावधि निर्वाचनभन्दा इरानले आफ्नो राष्ट्रिय हितलाई प्राथमिकता दिने बताए ।
इरानले रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा गर्न र तेल बिक्री गर्न पाउनुपर्ने माग राख्दै हर्मुज जलघाँटी पुनःखोल्न आफू इच्छुक रहेको उनले दोहोर्याए । उनका अनुसार यी विषय जुनमा भएको अस्थायी युद्धविरामसम्बन्धी समझदारीसँग सम्बन्धित रहे पनि त्यसपछि भएका पारस्परिक आक्रमणका कारण कार्यान्वयनमा आउन सकेनन् ।
अराघचीले कूटनीतिक समाधानका लागि प्रयास जारी राख्न आफू इच्छुक रहेको बताएका छन् ।












समाचार
दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
कर्णाली प्रदेश सभाका सांसद शर्मा पदमुक्त
नारायणीको जलसतह साढे चार मिटर घट्यो
टिमुरेको टेलिफोन टावरमा सोलार जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
विद्युत आपूर्तिलाई व्यवस्थित एवम् सन्तुलित बनाउने कार्यमा अगाडि बढेको छ : प्राधिकरण
विद्युत महसुलमा लगाइएको भ्याटले लागत बढ्यो, फिर्ता लिन सरकारलाई महासंघको आग्रह
चार महिनापछि सुकेटार विमानस्थलमा उडान सुरु, ताप्लेजुङवासीमा खुसी
१५२ देशसँग वैदेशिक व्यापार: ३१ मुलुकसँग मात्रै नाफा
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला
सेयर बजारमा १६ अंकको गिरावट, परिसूचक फेरि २५ सय नजिक, कारोबार ५ अर्बमा सिमित