सेयर बजारमा १६ अंकको गिरावट, परिसूचक फेरि २५ सय नजिक, कारोबार ५ अर्बमा सिमित

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन सोमबार सेयर बजार घटेर कारोबार भएको छ । गत सात पनि घटेर नै बन्द भएको नेप्से परिसूचक यो साताको पहिलो दिन १६.४७ अंकले घटेको हो ।

आजका कारोबार बन्द हुँदा परिसूचक २६१३.३३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २२३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५० कम्पनीको बढेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.३४ अंकले घटेर ४६७.६७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने १ वटाको बढेको छ ।

परिसूचक घटेको दिन ५ अर्ब माथिको कारोबार भएको छ । आज ३५७ कम्पनीका १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर ५८ हजार ५०० पटक खरिद बिक्री हुँदा ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर