
काठमाडौं । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि ठप्प रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि पुनः नियमित हवाई उडान सुरु भएको छ।
वर्षायाममा बाक्लो हुस्सु र कुहिरोले गर्दा भिजिबिलिटी कम भएपछि गत जेठ २२ गतेदेखि काठमाडौं-ताप्लेजुङ-काठमाडौं उडान पूर्ण रूपमा अवरुद्ध भएको थियो। सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार मौसममा सुधार आएसँगै उडान सहज बनेको हो।
नेपाल वायुसेवा निगम ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार सोमबार काठमाडौँबाट १३ जना यात्रु ताप्लेजुङ आइपुगेका छन् भने ताप्लेजुङबाट ५ जना यात्रु काठमाडौँ प्रस्थान गरेका छन्।
चाडपर्व नजिकिँदै गर्दा हवाई सेवा पुनः सञ्चालन भएपछि घर फर्कने यात्रु, बिरामी तथा सर्वसाधारणलाई ठूलो राहत मिलेको छ। साथै ताप्लेजुङमा पर्यटकीय सिजन समेत सुरु भएकाले उडान नियमित हुँदा स्थानीय होटल तथा पर्यटन व्यवसायीहरू समेत हर्षित भएका छन्।
निगमले अबदेखि साताको सोमबार, बिहीबार र शनिबार गरी तीन दिन उडान तालिका सार्वजनिक गरेको छ। भाडादर ताप्लेजुङबाट काठमाडौँका लागि १२ हजार ७० रुपैयाँ र काठमाडौँबाट ताप्लेजुङका लागि १२ हजार २७० रुपैयाँ कायम गरिएको छ।













समाचार
दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
कर्णाली प्रदेश सभाका सांसद शर्मा पदमुक्त
नारायणीको जलसतह साढे चार मिटर घट्यो
टिमुरेको टेलिफोन टावरमा सोलार जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
विद्युत आपूर्तिलाई व्यवस्थित एवम् सन्तुलित बनाउने कार्यमा अगाडि बढेको छ : प्राधिकरण
विद्युत महसुलमा लगाइएको भ्याटले लागत बढ्यो, फिर्ता लिन सरकारलाई महासंघको आग्रह
हर्मुज खोल्ने इरानी प्रस्ताव अस्वीकार
१५२ देशसँग वैदेशिक व्यापार: ३१ मुलुकसँग मात्रै नाफा
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला
सेयर बजारमा १६ अंकको गिरावट, परिसूचक फेरि २५ सय नजिक, कारोबार ५ अर्बमा सिमित