झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ८९ करोड

काठमाडौं । आज सेयर बजार ०.२६ अकंले बढेर २५९९.१५ बिन्दुमा कायम भएको छ । बिहिबार ३५३ कम्पनीको १ करोड २० लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८९ करोडको कारोबार भएको हो ।

आज ८ उपसूचक राताम्य भएका छन् भने एकउपसूचक स्थिर रहेको छ । ४ उपसूचकमा भने सामान्य सुधार देखिएको हो ।

आज १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको घटेको छ । १२ कम्पनीको सेयरको सेयर मूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको सेयर कारोबार भएको छ । आज यस बैंकको ३० करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको २२ करोडको सेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २१ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस बैंकका लगानीकर्ताले ९.३५ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ७.७१ प्रतिशतका दरले कमाएका हुन् । माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ७.५८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.६६ प्रतिशतका दरले गुमाएका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट