
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । अघिल्लो दिन पनि एकल अंकले बढेको बजार आजज पनि ३.७६ अंकल बढेर २९८२.६४ विन्दुमा पुगेको हो ।
आज बजार २९९० विन्दुमा पुगेर फर्किएको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ अंकले बढेर ५१७.१३ विन्दु पुगेको छ । आज सेयर बजारमा कारोबार भएका १३ उपसूचकमध्ये ७ वटा उपसूचकको सेयर मूल्य घटेको छ भने ६ वटाको मात्रै बढेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको सेयर मूल्य घटेको छ ।
परिसूचक सामान्य बढेको दिन कारोबार रकममा भने सामान्य गिरावट आएको छ । अघिल्लो दिन साढे १९ अर्ब माथिको कारोबार भएको बजारमा आज १८ अर्ब माथिको मात्रै कारोबार भएको छ । आज नेप्सेमा ३२८ कम्पनीका ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर १ लाख ५४ हजार ६४२ पटक खरिद बिक्री हुँदा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार ७९४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान