
काठमाडौं । प्रधानन्त्री केपी शर्मा ओलीले शिक्षकको जागिरले घर चलाउन पनि नपुग्ने टिप्पणी गरेका छन् । शनिबार पार्टी निकटको नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रममा उनले शिक्षकको जागिर घर चलाउन पुग्ने गरी छ भन्न नसक्ने बताएका हुन् ।
‘शिक्षकको जागिर घर चलाउन पुग्नेगरीको छ भन्दिन म, घर चलाउन पनि नपुग्ने गरीको हुन्छ’, उनले भने । यस्तो परिस्थितिमा पनि पैसा वचत गरेर नेपाल राष्ट्रिय शिक्षक संगठनले घर बनाएको भन्दै प्रशंसा गरे । अहिले मुलुकको अर्थतन्त्र असहज र अप्ठ्यारो स्थितिमा रहेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो अवस्थामा पनि अर्थतन्त्रले धान्ने गरी सुधारको काम गर्नुपर्ने बताए । ‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु हामी हरेक जिम्मेवार छौं, जिम्मेवारीवोधका साथ चल्छौं र चल्ने परिपाटी बसाउँछौं’, उनले भने ।
शिक्षकले विद्यालय मात्र नभई बाहिर पनि काम गर्नुपर्ने भन्दै ओलीले यसलाई कतिपयले नबुझेर राजनीति गरेको भन्ने टिप्पणी गरेको बताए । आफू नेपाल राष्ट्रिय शिक्षक संगठन गठन भएदेखि नै शिक्षकको पक्षमा आवाज उठाउँदै आएको भन्दै प्रधानमन्त्री ओलीले पदमा नहुँदा पनि व्यक्तिगत रुपमा पनि शिक्षकको पक्षमा काम गरेको बताए ।













समाचार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार
दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बेच्न एलपी ग्यास उद्योग संघको आग्रह