
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रेजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ । प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको ३१ औँ सिनेट बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा दक्ष चिकित्सक अभाव कम गर्न सरकारी मेडिकल कलेजहरूमा पोस्ट ग्रेजुएट विद्यार्थीको कोटा थप्न पहल गर्ने निर्णय गरेका थिए । बैठकमा मन्त्री पौडेलले देशमा दक्ष चिकित्सक अभाव कम गर्नका लागि यस निर्णय ऐतिहासिक हुने विश्वास व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठानलाई निर्देशन दिए ।
यससँगै अब देशैभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा ४ सयसम्म पोष्ट ग्रेजुएट विद्यार्थीलाई थप अध्ययन गराउन सकिने प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए । ‘सरकारी कलेजमा पोस्ट ग्रेजुएट विद्यार्थीको अध्ययन कोटा कम भएको अवस्थामा यो निर्णयले ठूलो संख्यामा विद्यार्थी थप गराउन सघाउनेछ,’ उनले भने ।
अहिले प्रतिष्ठानमार्फत शैक्षिक आबद्धता लिएका सरकारी मेडिकल तथा नर्सिङ कलेजहरूमा एक सय १२ जना विद्यार्थी वार्षिक रुपमा पोस्ट ग्रेजुएट अध्ययन गरिरहेका छन् । शिक्षक अभावमा दक्ष चिकित्सा जनशक्ति अभाव भए पनि विद्यार्थी थप गर्न नसकिएको अवस्थामा यो निर्णयले सहायता पुग्ने विश्वास गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए ।
बैठकले यसअघि न्याम्सअन्र्तगत शैक्षिक आबद्धता लिएका आंगिक कलेज भरतपुर अस्पताल कोशी अस्पतालसँगै नारायणी र भेरीमा अस्पताललाई समेत आबद्धता दिने निर्णय गरेको छ ।













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण