
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्ने बताएकी छन् । सांसद अशोक कुमार चौधरीले राखेको प्रश्नमा मन्त्री भट्टराईले राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्ने बताएकी हुन् ।
‘विश्वविद्यालयमा हुने हस्तक्षेप रोक्न राजनीतिक दलहरूको प्रतिबद्धता व्यक्त गर्ने मात्र होइन, त्यसका लागि निर्मम ढंगबाट लागू गर्न कारबाही गर्न तयार हुनुपर्छ,’ मन्त्री भट्टराईले भनिन् ।
शिक्षामन्त्री भट्टराईले शिक्षा क्षेत्रमा ठुला वा साना कुनै पनि दलको हस्तक्षेप हुनु नहुने बताइन् । त्रिभुवन विश्वविद्यालयमा सिर्जना भएका समस्याहरू लामो समयदेखिको अव्यवस्थाको नतिजा रहेको समेत उनले बताइन् ।
‘यसलाई हामी सबैले स्विकार्नुपर्छ । यसलाई क्रमशः सुधार गर्नका लागि नीतिगत तथा व्यवस्थापकीय सुधारका कार्यहरू हुँदै गरेका छन् । आगामी दिनमा त्यस्ता कार्यलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ,’ उनले भनिन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व