
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई कारवाही गर्न संसद्को संसदीय छानबिन समितिले सिफारिस गरेको छ । एमालेका सांसद् सुर्य थापाको संयोजकत्वमा गठन भएको छानबिन समितिले रास्वपा सभापति लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रवन्ध निर्देशक हुँदा सहकारी अनियमितामा मुछिएको भन्दै कारवाही गर्न सिफारिस गरेको छ । संसदीय छानबिन समितिको सिफारिसले रविमाथि नैतिक संटकको समस्या आएको छ ।
संसदीय छानबिन समितिले गोर्खा मिडिया नेटवर्क लगायत कम्पनीहरुमा शेयर बिक्री गर्दा कानुनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरुमा पूर्ण नभई कीर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको हुँदा भुक्तनाी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको कर तिर्ने बाध्यकारी प्रबन्ध गर्न र स्वेट शेयर सम्बन्धी कानुनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई सिफारिस गर्ने उल्लेख गरेको छ ।
समितिले सहकारीमा देखिएको समस्या समाधानको लागि सहकारी संस्थाको नियमनका लागि दोस्रो तहको नियमनकारी निकायका रूपमा सहकारी सम्बन्धी विषय हेर्ने मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग प्रत्यक्ष समन्वयमा काम गर्ने स्वायत्त संस्था सहकारी प्राधिकरण स्थापना गर्न सिफारिस गरेको छ । अहिलेको सहकारी विभाग तथा ७५३ वटा स्थानीय तहलाई सहकारीको नियमन गर्ने अधिकार छ ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज