
सुनसरी । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्त्वपूर्ण बाजाको रूपमा लिने गरिन्छ ।
पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजा लोप हुँदै गए पनि धरानमा चाडबाडको बेला भए पनि मादलको बिक्री बढ्ने गरेको छ । धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताउँछन् ।
विगत १५ वर्षदेखि मादलसँगै खुकुरीको व्यापार गर्दै आएका अधिकारीले आफ्नो पसलमा एक हजार पाँच सयदेखि रु पाँच हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताए । ‘मादल कहिले धेरै बिक्री हुने त कहिले बिक्री नै नहुने समस्या छ । तर, तिहारको समयमा राम्रै बिक्री हुन्छ । एकै दिनमा आठ देखि १० वटासम्म बिक्री हुने गरेको छ,’ उनले भन ।
उनकाअनुसार लक्ष्मी पूजाको दिनदेखि मादल बेच्न भ्याईनभ्याई हुन्छ । हाल उनले भोजपुर, धनकुटा साथै पश्चिममा बनाइएका मादलहरू बिक्री गर्दै आएका छन् । धरान उपमहानगरपालिका–२ छाता चोकका सुमन चौधरी अरू समयको तुलनामा तिहारमा मादल धेरै बिक्री हुने गरेको बताउँछन् । विगत २० वर्षदेखि उनले मादलसँगै गितारलगायतका वाद्यवादनको व्यापार गर्दै आएका छन् ।
‘आधुनिक परिवर्तनसँगै चाडपर्व र सांस्कृतिक कार्यक्रममा गीत सङ्गीत, आधुनिक वाद्यवादन प्रयोग गर्न डिजिटल साउन्ड सिस्टम प्रयोग गर्नेहरू पनि अहिले मादल किन्न खोजी गर्दै आउने गरेका छन्,’ उनले भन । तिहारमा देउसी भैलो खेल्ने सांस्कृतिक टोलीहरूले बढी मादलको खरिद गर्ने गरेको उनको भनाइ छ । तिहारमा ३० देखि ४० वटासम्म मादल बिक्री हुने गरेको उनले बताए । ‘अरू समयमा महिनामा २÷४ वटा मात्र बिक्री हुने गरेको मादल तिहारको समयमा मात्र रु एक लाख बढीको बिक्री हुने गरेको छ,’ उनले भन । भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर, बेलटारलगायतका ठाउँमा मादल बिक्री गर्न जाने गरेको बताउँदै उनले पसलमा रु तीन हजारदेखि रु आठ हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताए ।
विगत नौ वर्षदेखि मादलसँगै खुकुरी बेच्दै आएका इटहरी उपमहानगरपालिका–६ का भेषराज अधिकारीले तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताए । उनकाअनुसार विशेष गरी सुनसरी र पूर्वी पहाड पाँचथर, तेह्रथुमलगायतका विभिन्न सहर र गाउँमा मादलको धेरै माग हुने गरेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व