
सुनसरी । जिल्लाको बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनले कृषि क्षेत्रमा सक्रिय हुने निधो गरे ।
अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । तत्कालीन समयदेखि भुइँकटहर खेतीकोमा लागेका उनले अहिले यसैबाट मनग्गे आम्दानी गरिरहेका छन् । हाल उनले एक विघामा भुइँकटहर लगाएका छन् । यसबाट वार्षिक रु १५ लाख आम्दानी हुने गरेको उनले सुनाए । वार्षिक रु एक लाख खर्च कटाउँदा रु १४ लाखसम्म सजिलै बचाउन सकिने उनको भनाइ छ ।
‘भुइँकटहरको माग राम्रो छ बजारमा भनेको मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ,’ उनले भने । उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उनले भुइँकटहर प्रतिगोटा रु एक सयदेखि रु एकसय ५० सम्म बिक्री गर्दै आएका छन् । भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उनको भनाइ छ ।
अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको संख्या सीमित भएकाले बिक्रीका लागि समस्या नभएको उनले सुनाए । उनका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ । उनले एउटा विरुवालाई रु १० देखि रु २० सम्ममा बिक्री गर्दै आएका छन् । उनको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप रु ७७ हजार उपलब्ध गराइसकेको छ ।













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना