
काठमाडौं । लमजुङमा निर्माण सम्पन्न जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पुँजी बजारमा प्रवेशको प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। कम्पनीले आज पुस ३ गतेदेखि आफ्नो प्राथमिक सेयर निष्कासनको पहिलो चरण प्रारम्भ गरेको हो।
पहिलो चरणअन्तर्गत कम्पनीले आयोजना प्रत्यक्ष असर परेका स्थानीय बासिन्दा तथा श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकलाई लक्षित गर्दै सेयर बिक्री खुला गरेको छ। यस चरणमा सर्वसाधारणका लागि भने सेयर खुलाइएको छैन।
आयोजना प्रभावित स्थानीय समुदायका लागि कम्पनीले कुल १० लाख कित्ता सेयर आरक्षित गरेको छ। तीमध्ये क्व्होलासोथार गाउँपालिका वडा नम्बर ४ का अति प्रभावित बासिन्दालाई ६ लाख कित्ता सेयर छुट्याइएको छ भने बाँकी ४ लाख कित्ता सोही गाउँपालिकाका अन्य वडा १, २, ३, ५, ६, ७, ८ र ९ का स्थानीयलाई वितरण गरिने व्यवस्था गरिएको छ।
स्थानीय लगानीकर्ताले कम्तीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उनीहरूका लागि आवेदन अवधि पुस १७ गतेसम्म तोकिएको छ भने उक्त अवधिसम्म माग नपुगेमा म्याद माघ ९ गतेसम्म थपिनेछ।
यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले १ लाख कित्ता सेयर छुट्टै व्यवस्था गरेको छ। यो समूहले पनि १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछ भने उनीहरूका लागि आवेदन अवधि पुस ७ गतेसम्म सीमित गरिएको छ।
पहिलो चरणको निष्कासन प्रक्रिया पूरा भएपछि कम्पनीले बाँकी सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गर्ने जनाएको छ। सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडलाई दिइएको छ।
नेपाल धितोपत्र बोर्डबाट मङ्सिर ११ गते प्राथमिक सेयर निष्कासनको स्वीकृति पाएको कम्पनीले लमजुङ जिल्लामा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८१ वैशाखदेखि नियमित रूपमा विद्युत उत्पादन गरिरहेको छ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व