
काठमाडौं । कुनै पनि मानिस एउटै क्षेत्रमा लागिरहयो भने त्यो क्षेत्रमा सफलता मिल्छ । अझै भनौ सफलता मिल्नु नै पर्छ । जो कोही व्यक्तिलाई पनि आफ्नो क्षेत्रको माथिल्लो तहसम्म पुग्ने इच्छा हुन्छ र त्यो स्वभाविक पनि हो । कुनै पनि क्षेत्रमा काम गर्दा त्यो क्षेत्रको माथिल्लो तहसम्म पुग्ने लक्ष्य सबैको हुन्छ । त्यसमा कति सफल हुन्छन् भने कति असफल हुन्छन् ।
हिमाल आरोहणको क्षेत्रमा लागेका दावा टासी शेर्पा त्यो क्षेत्रको माथिल्लो तह माउन्टेन लिडर बन्न सफल भएका छन् । पूर्वी नेपालको हिमाली जिल्ला सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ७ को शिबुचेमा जन्मेका शेर्पाले पर्यटकको भारी बोक्ने भरिया (पोटर) बाट यो क्षेत्रमा काम सुरु गरेका थिए । अहिले अन्तराष्ट्रिय स्तरको माउन्टन लिडर बनी सकेका छन् । सानै उमेरदेखि पर्यटन पेशामा भरियाका रुपमा लागे शेर्पा अहिले भने नेपालमा केही सिमित व्यक्तिहरुमध्येका एक हुन् ।

उनी ११ वर्षको उमेरमा उनले आफ्नो जीवन यापन गर्नका लागि भरिया भएर पर्यटकका भारी बोक्न थाले । उनले सानै उमेरमा पर्यटन क्षेत्रमा लागेर उनले तालिमहरु लिदै माउन्टेन लिडरसम्म बनेका शेर्पाले ट्रेकिङ गाइड/क्लाइमिङ गाइडको रुपमा धेरै वर्ष काम गरिसकेका छन् ।
पर्वतारोहणमा काम गर्ने गाइडहरुको माथिल्लो तह नै माउन्टेन लिडर हो । लिडर बन्नका लागि क्वालिफाएर बन्नु पर्छ । ट्रेकिङ गाइडको माथिल्लो तह हो । यो उपाधि भनेको अन्तराष्ट्रिय रुपमा प्रदान गरिने पद हो । नेपालमा केही सिमित व्यक्तिहरु मात्रै छन् । कुनै पनि क्षेत्रमा काम गर्दा त्यो क्षेत्रमा लगनशील भएर र आफूले बुझेर लाग्नु पर्ने उनी सुनाउँछन् ।
माउन्टेन लिडरका लागि माउन्टेनरिङ एसोसिएसनले तालिमहरु पनि चलाउने काम गर्छ । जसबाट दक्ष माउन्टेन लिडर उत्पादनमा सहयोग पुग्छ । माउन्टेन लिडर बन्नका लागि टे«किङ गाइडको लाइसेन्स लिएपछि यो क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको हुनु पर्ने मापदण्ड कायम गरिएको छ । त्यस पछि पनि विभिन्न कोर्षहरु अध्ययन गर्नु पर्ने हुन्छ । जुन कोर्ष अध्ययन गरेर शेर्पा माउन्टेन लिडर बनेका छन् ।
युनियन अफ इन्टरनेशनल माउन्टेन लिडर एसोसिएसनको हेडक्वाटर अहिले स्वीसमा रहेको छ । यस अघि भने यो संस्थाको केन्द्रीय कार्यालय फ्रान्समा रहेको थियो । जसले माउन्टेन लिडरहरुलाई प्रमाणपत्र प्रदान गर्ने काम गर्छ । नेपालमा माउन्टेनरिङ एसोसिएसनले यस्ता कार्यकम तथा तालिमहरु सञ्चालन गर्ने गरेको हुन्छ । माउन्टेनरिङ एसोसिएसनमा कम्पनीका मालिक पनि हुने भएकाले अहिले यी संस्थाहरुले युनियन अफ इन्टरनेशनल माउन्टेन लिडर एसोसिएसनबाट अनुमति पाएका छैनन् । शेर्पा र उनको संस्थाले सन् २०१६ मा माउन्ट डिलर एसोशिएसन स्थापना गरेर नेपालमा काम गरिएका छन् । उनले सुरुवातमा संस्थाको महासचिवको जिम्मेवारीमा रहेर काम गरे भने अहिले भने अध्ययक्षको जिम्मेवारीमा रहेका छन् । उनले प्रशिक्षण दिने काम गरिरहेका छन् ।

उनका अनुसार अहिले नेपालमा तालिम सकेका करिब ३० जना जति माउन्टेन लिडरहरु रहेका छन् । तर उनीहरुको इभ्यालुएसेन नभएको छिट्टै इभ्यालुएसनको प्रक्रिया गरी उनीहरुलाई अन्तराष्ट्रिय स्तरको लिडरको अपडेट दिने उनले सुनाए । इभ्यालुएसनको नजिता प्रकाशन पछि मात्रै सटिफिकट वितरण हुने उनी बताउँछन् । कुनै पनि संस्थाले माउन्टेन डिलरका लागि आवेदन दिदा युनिएन अफ इन्टरनेशनल माउन्टेन लिडर एसोसिएसनले तालिमको मापदण्ड पुग्छ वा पुग्दैन भन्ने अवस्थाहरुको पनि त्यहाँ अध्ययन गरिन्छ ।
तोकेको मापदण्ड अनुसार आफ्नो अवस्था जानकारी गराइन्छ र न्युनतम मापदण्ड पुरा गरेपछि मात्रै साधारण सभामा रिर्पोट गरिन्छ । त्यस पछि मात्रै एसोसिएट र पूर्ण सदस्यता प्राप्त गर्ने बाटो खुल्छ । संस्थाले हरेक वर्ष मेम्बरको लिस्ट पठाउँछ । तर पूर्ण सदस्य भइसके पछि भने मापदण्डको विषयमा केही पनि जानकारीहरु आउँदैनन् ।
अहिले पनि तालिम दिने संस्था माउन्टेनरिङ एसोसिएसन नै हो । यो संस्थाले अझै पनि उच्च दक्षताको तालिन दिनु पर्ने आवश्यकता रहन्छ । अहिले युनियन अफ इन्टरनेशनल माउन्टेन लिडर एसोसिएसनमा २७ देशहरु सदस्य रहेका छन् । उनीहरुलाई नेपालमा क्षमतामान डिलर निर्माण भइसकेको छ भनेर माग गर्दा हामीले दिन सक्ने अवस्था छैन । हामी सदस्य भएका नाताले उनीहरुले माग गरेको खण्डमा उनीहरुलाई हामीले दक्ष डिलर दिनु पर्ने हो । तर नेपालमा क्षमतामान डिलरको भन्दा एजेन्सीको संख्या धेरै छ । जसले गर्दा दक्ष जनशक्तिको माग भएर आएको खण्डमा हामीले पठाउन सक्ने अवस्था भने छैन । नेपाल पूर्ण सदस्य भएर मात्रै हुँदैन । त्यो अनुसार काम पनि गर्नु पर्ने आवश्यकता पनि हुन्छ । नेपाल सुन्दर र हिमालले घेरिएको देश भएकाले यहाँ दक्ष जनशक्तिको आवश्यकता अझै बढी रहन्छ । हाम्रोमा घुम्न आउनेहरुको संख्या पनि धेरै नै हुन्छ ।

अर्को तर्फ माउन्टेन लिडरको पारिश्रमिक पनि न्यून रहेको छ । युरोपमा एक दिनको २५० युरो तिर्नु परिरहेको पनि छ । भर्खर सुरु भएको क्षेत्रमा कम्तीमा १०० युरो लिने गरेको छ । त्यस्तै ट्रेकिङमा लाग्ने शुल्क मंहगो भएको खण्डमा नेपाल आउने पर्यटकहरु अन्तै जाने खतरा पनि रहन्छ । यसमा हामीले एउटा न्यूनतम रकम तोक्ने योजना बनाइरहेका छौँ । जसले सबै तिर एकरुपता कायम गर्नमा सहयोग गर्छ ।
नेपालमा काम गर्दा ट्रेकिङको रुपमा नै काम गर्नेहरु छन् । ट्याग लिडरको भए पनि का मभने त्यो भन्दा तल्लो तहको नै गरिरहेको अवस्था पनि छ । नेपालमा दैनिक रुपमा १ हजार २०० रुपैयाँ देखि माथि काम गर्ने गरिएको देखिन्छ । यो निकै राम्रो हो तर उसले काम गर्ने भनेको ६ महिना मात्रै भएकाले यसमा आफूलाइ सस्टेन्ट गर्नका लागि केही समस्या हुने गरेको छ । अर्को तर्फ क्षमता अनुसार काम गर्नेहरुले बढी लिएको अवस्था समेत रहेको छ ।
हाम्रो लागि पर्यटन क्षेत्रको सरोकारवालाहरुले मापदण्ड तयार गरिदिनु आवश्यकता देखिन्छ । नेपाल सरकारले सञ्चालन गरेको तालिम पाउने ट्रेकिङ गाइडको संख्या अहिले नेपालमा २२ हजार भन्दा बढी छ । मजदुर युनिय र टानहरु मिलेर एउटा रकम निर्धाण गरिएको थियो । जसमा खुम्बु जाँदा ३ हजार १०० रुपैयाँ तोकिदिएको पनि छ । तर त्यसलाई सबै एजेन्सीहरुले कार्यान्वयन गरेको अवस्था भने छैन । तोकिदिएर मात्रै भन्दा पनि त्यसको कार्यान्वयनमा पनि ध्यान दिन सकेको खण्डमा यो क्षेत्रमा लाग्नेहरुलाई थप सहयोग पुग्ने थियो ।
अन्तराष्ट्रिय रुपमा लिडरको ट्याग लागेकाहरुलाई त्यो भन्दा बढी दिनु पर्ने पनि हुन्छ होला । त्यस तर्फ पनि ध्यान दिनु पर्ने खाँचो देखिन्छ । तर त्यसमा सरोकारवालाले भने काम गर्न सकेको देखिदैन । प्रतिस्पर्धात्मक व्यवसायका नजरबाट हेर्दा यसमा मापदण्ड बनाउनु पर्ने हुन्छ । जसले सबैमा एकरुपता ल्याउनमा सहयोग गर्छ ।
कुनै पनि क्षेत्रमा लागेकाहरुलाई त्यहि क्षेत्रमा टिकाइ राख्नका लागि त्यो क्षेत्रमा न्युनतम पारिश्रमिक तोक्नु पर्ने हुन्छ । यदि न्युनतम पारिश्रमिक तोक्न सकिएन भने कुनै पनि क्षेत्रबाट मानिस पलायन हुन सक्छ । यो क्षेत्रका लागि पनि न्यूनितम पारिश्रमिक तोक्न सकिएन भने यो क्षेत्रमा लागेकाहरु पनि पलायन हुने अवस्था सिर्जना हुने खतारा देखिन्छ । पर्यटन विभाग र नेपाल सरकारले पनि यस विषयमा सोचने बेला भएको छ । अहिले नेपालमा २० औँ पटक सगरमाथा चडेका देखि बिना अक्सीजन १४ वटा हिमाल चड्ने तथा छिटो चड्ने सबै व्यक्तिहरु समेत अहिले पलायन हुने अवस्था आइसकेको छ । विदेश जानु नेपालीको बाध्यता हो । कोही पनि रहरले जाँदैन् । उसले पाएको उपलब्धी अनुसार आफ्नो स्तरलाई कायम गर्न सकिएन भने पलायन हुनुको विकल्प छैन ।
देशलाई चिनाउने व्यक्तिहरुका लागि पारिश्रमिक लगायतका विषयमा काम गर्नु पर्ने आवश्यकता देखिन्छ । हिमालका शेर्पाहरु काम गर्छ रे नि त भनेका भरमा यो क्षेत्र चल्न सक्दैन । पहिला हिमालका काम गर्ने शेर्पाहरु पनि अहिले अवसर खोज्दै सहरमा आएर बसेका छन् । विस्तारै यो क्षेत्रमा लाग्नेहरु कम हुँदै गइरहेका छन् । सहरमा बस्नेहरु शेर्पा नै भए पनि उनीहरु हिमालमा अभ्यस्त नभएका कारणले गर्दा काम गर्न सक्दैन । शेर्पा भएर काम गर्न सक्ने भन्दा पनि हिमालको हावापानीमा अभ्यस्त भएका व्यक्तिहरुले काम गर्न सक्ने हुन्छ ।
नेपाल घुम्न आउनेमध्ये धेरै व्यक्तिहरु व्यक्तिगत रुपमा आइरहेको अवस्था छ । केही व्यक्तिहरु संस्थागत रुपमा आउँछन् र उनीहरुले ट्रेकिङ गाइड छ कि छैन भनेर पहिले नै एकिन गर्ने गरेका छन् । कुनै काम गर्दा त्यसको प्रचार छिटो हुन्छ तर त्यस अनुसार दक्षता भएका व्यक्तिहरु हामीसँग छैनन् । संस्थागत रुपमा आउनेहरुले दक्ष जनशक्ति वा भनौ माउन्टेन लिडरहरु छ कि छैन भनेर सोध्ने गरेका हुन्छ । संस्थागत रुपमा नेपाल आउनेहरुले उत्तैबाट सबै कुराको जानकारी लिएर आउँछन् । उताको संस्थाले नै आफ्नो कम्पनीबाट घुम्न जानेहरुको सुरक्षाका लागि धेरै ध्यान दिने गरेका हुन्छन् । ‘तक्मा लगाउँदा भिडियो हाल्नका लागि हतार गरिन्छ । तर, क्षतामा ध्यान दिने गरिएको छैन ।’ यसमा पनि ध्यान दिन जरुरी देखिन्छ । कुनै पनि कम्पनीले आफ्नोबाट जाने व्यक्तिहरुको सुरक्षामा निकै ध्यान दिइरहेका हुन्छन् । त्यसै अनुसारको हामीले जनशक्ति निर्माण गर्न सकेको खण्डमा यो क्षेत्रमा धेरै सम्भावना रहेको छ ।
अर्को तर्फ हाम्रो नेपालमा ट्रेकिङको कस्ट भन्दा जहाजको भाडा महंगो छ । जहाँजको मंहगो भाडाले गर्दा हाम्रो गन्तव्य महंगो बनिरहेको छ । अहिले व्यक्तिगत रुपमा नेपाल आउनेहरुले पनि भाडा महंगो भएको कुरा गर्ने गर्छन । यसमा पनि सरोकारवाला निकायले ध्यान दिन सकेको खण्डमा अझ धेरै पर्यटक भित्र्याउन सकिने थियो ।
अहिले हामीहरुले एसोसिएसनको तर्फबाट विभिन्न कामहरु गरिरहेका छौँ । हाम्रो लक्ष्य भनेको सबैसँग मिलेर काम गर्ने हो । सबै मिलेर यो क्षेत्रमा काम गर्न सकियो भने यो सम्भावना भएको क्षेत्र हो ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू