सैनामैना नगरपालिकाको मुर्गियामा डिशहोमको नयाँ शाखा, नगर प्रमुख शर्माले गरे उद्घाटन

काठमाडौं । सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोमको इन्टरनेट सेवाको नयाँ शाखाको उद्घाटन भएको छ । डिशहोमको नयाँ सेवा केन्द्रका सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिशहोमका कर्मचारीहरु तथा अन्य उल्लेखनीय ब्यक्तीहरुको उपस्थिति रहेको थियो । नवउद्घाटित सेवा केन्द्रले सैनामैना नगरपालिकाका ग्राहकहरूलाई डिशहोमका विविध सेवाहरू उपलब्ध गराउनेछ । ग्राहकहरूले यहाँबाट इन्टरनेटको नयाँ जडान, रिचार्ज, र टिभी जडान तथा रिचार्ज सेवा बुक गर्न सक्नेछन् ।

यस सेवा केन्द्रमार्फत अब सैनामैना क्षेत्रका स्थानीय ग्राहकहरूको आवश्यकता समाधान गर्न र गुणस्तरीय सेवा सुविधाहरू थप प्रभावकारी रूपमा प्रदान गर्न सहयोग गरिनेछ । डिशहोमको यो नयाँ शाखाले सैनामैना नगरपालिकाका नागरिकहरूलाई डिजिटल सेवासम्बन्धी सहज पहुँच पुर्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार