४ हजारको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने राहुल पक्राउ

काठमाडौं । ४ हजारभन्दा बढी इसेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुढाले इसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउँथे । प्रहरी उपरीक्षक अंगुर जिसी भन्छन्, ‘त्यसपछि उनले भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर इसेवा अनधिकृत पहुँच पुर्‍याउँथे ।’

प्रहरी उपरीक्षक जिसीका अनुसार बुढाले ४ हजारभन्दा बढी व्यक्तिहरुको ईसेवामा मौजदात रहेको रकम चोरी गर्न सफल भएका थिए । उनले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको छ ।

उनले सबै रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरुमा ट्रान्सफर गरेका थिए । उनलाई वैशाख २ गते काठमाडौंको कालीमाटीबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार