
हुम्ला । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका २० सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ । शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको हो ।
करिब ४५ लाख रुपैयाँ बराबरको ४० थान ल्यापटप वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भलाराम पङ्गालीले बताए । गाउँपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान तथा डिजिटल सिकाइ वातावरण निर्माण गर्ने लक्ष्यसहित ल्यापटप हस्तान्तरण गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत पङ्गालीले शिक्षामा गरिएको लगानी भविष्यमा मानव संशाधन विकास र समग्र गाउँपालिकाको समृद्धिसँग जोडिएको बताए । उनले विद्यालयमा ल्यापटप मात्र वितरण गरेर नरोकिने, यसको प्रभावकारी उपयोगका लागि आवश्यक तालिम तथा व्यवस्थापनमा समेत सहयोग गर्ने जानकारी दिए । सिमकोट गाउँपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालय पूर्वाधार सुधार, शैक्षिक सामग्री व्यवस्थापन, शिक्षक क्षमता विकास तथा डिजिटल शिक्षामा लगानी, ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्न भूमिका खेल्न ल्यापटप वितरण गरेको अधिकृत पङ्गालीले बताए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू