
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग नगर्न अनुरोध गरेको छ । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गरेपछि धेरैजसोले भीपीएनको प्रयोग गरिरहेकोमा मन्त्रालयले विज्ञप्ति निकालेर असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भीपीएनको प्रयोग नगर्न अनुरोध गरेको हो ।
इन्टरनेट प्रयोग गर्दा वास्तविक ठेगाना लुकाएर अरू ठाउँबाट सामाजिक सञ्जाल चलाएको जस्तो देखाउने प्रविधि भीपीएन हो । सामाजिक सञ्जाल प्लेटफर्मलाई निषेध, नियन्त्रण वा सङ्कुचन गर्न नखोजेको र स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न खोजेको सरकारको भनाइ छ । सञ्चार मन्त्रालयका अनुसार पछिल्लो समय हाम्रो पात्रो र ग्लोबल डायरी दर्ता भइसकेका छन् भने एक्स र विच्याटले आवश्यक विवरण माग गरेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै