इङ्लिस प्रिमियर लिग : शीर्ष स्थानमा लिभरपुललाई ८ अंकको अग्रता, युनाइटेड रोकियो

काठमाडौं । साउथह्याम्पटन विरुद्धको खेलमा जित निकाल्दै लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आफ्नो अग्रता थप लम्ब्याएको छ । गए राती भएको खेलमा साउथह्याम्टनलाई ३–२ गोल अन्तरले पराजित गर्दै लिभरपुलले शीर्ष स्थानमा थप बलियो पकड कायम गरेको हो ।

उसले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँगको अंक दूरी ८ अंकमा पुर्‍याएको छ । २-१ ले पछि परेको अवस्थामा ६५औं मिनेटमा इजिप्टका फरवार्ड मोहम्मद सलाहले रायन ग्रेभेनबर्चको पासमा गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए । ८३ औं मिनेटमा उनले नै पेनाल्टीमा गोल गर्दै लिभरपुलको जित पक्का गरे । जितसँगै लिभरपुलको १२ खेलमा ३१ अंक बनाएको छ । समान खेल खेलेको सिटी २३ अंकसहित दोस्रो स्थानमा छ ।

त्यस्तै गए राती भएको खेलमा म्यानचेस्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । युनाइटेड इपस्विचसँग बराबरीमा रोकिएको हो । दोस्रो मिनेटमा नै लिएको अग्रता जोगाउन नसक्दा युनाइटेडले १-१ को बराबरी खेल्न बाध्य भयो । रुबेन एमोरिमले औपचारिक रुपमा प्रशिक्षकको जिम्मेवारी पाएको खेलमा नै युनाइटेडले अंक बाढेको छ ।

मर्कस रसफोर्डको गोलमा युनाइटेडले अग्रता लिएको थियो । ओमारी हुट्सनले इपस्विचका लागि ४३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । बराबरीपछि १२ खेलबाट १६ अंक पुर्याएको युनाइटेड १२ औं स्थानमा छ । इपस्विच ९ अंक छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार