
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को टोली लुम्बिनी लायन्सको इन्स्योरेन्स पार्टनरको रुपमा नेपाल इन्स्योरेन्स नियुक्त भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत इश्वर पोखरेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपालको क्रिकेट क्षेत्रलाई प्रोत्साहन गर्न र खेलाडीहरुलाई आर्थिक र व्यवसायिक रुपमा अगाडी बढाउने उद्देश्यले लुम्बिनी लायन्सको इन्स्योरेन्स पार्टनरको रुपमा सम्झौता गरेको नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत इश्वर पोखरेलले बताए । सम्झौता अनुसार लुम्बिनी लायन्सका खेलाडीहरुले प्रयोग गर्ने टोपीमा नेपाल इन्स्योरेन्सको आधिकारिक लोगो रहनेछ । नेपाली बीमा क्षेत्रलाई खेलकुदमा समेत जोडर अघि बढ्न नेपाल इन्स्योरेन्स सक्रिय देखिएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरू हुँदै छ । ८ टोलीको सहभागिता रहने प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व लुम्बिनी लायन्सले गर्दैछ । यस टिमको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल छन् । उनीसँगै राष्ट्रिय टोलीका विस्फोटक ब्याटर सन्दीप जोरा तथा राष्ट्रिय टोलीबाट खेलिसकेका विवेक यादव, अर्जुन साउद र सूर्य तामाङ पनि टोलीमा छन् ।
टिमको प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका कन्सल्टेन्ट प्रशिक्षक रहेका नन्दन फाड्निस छन् भने कन्सलटेन्ट प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्व स्टार खेलाडी शक्ति गौचन छन् । शक्ति हाल नेपाली यू–१९ टिमको प्रशिक्षक समेत हुन् । टोलीले आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा नेपाली सिनेमा जगतका महानायक राजेश हमाललाई समेत नियुक्त गरिसकेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व