
काठमाडौं । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल ३ हजार २५५ वटा बीमा दाबीको करिव रू. २३ अर्ब ४३ करोड ४१ लाख दााबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको छ ।
प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९५ वटा दाबीको दाबी रकम करिव रू. १९ अर्ब ३ करोड ४१ लाखमध्ये करिव रू. ३ अर्ब ९ करोड ४७ लाख र मोटर बीमातर्फ २ हजार २९५ वटा दाबीको दाबी रकम करिव रू. ३ अर्ब ४४ करोड १० लाखमध्ये करिव रू. ८४ करोड ८५ लाख भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिव रू. ५५ करोड ४ लाख दाबी रकममध्ये करिव रू. ६ करोड ६९ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव रू. १ करोड ६९ लाख दाबी रकममध्ये करिव रू. ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीको करिव रू. ३९ करोड १८ लाख दाबी रकममध्ये करिव रू. ३९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिव रू. २ अर्ब ५१ करोड ७९ लाख अग्रिम सहित दाबी भुक्तानी :
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव रू. २ अर्ब ५१ करोड ७९ लाख अग्रिम भुक्तानी सहित दाबी गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८६० वटा पुनर्बीमा दाबीको दाबी रकम करिव रू. १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशील देव सुवेदीले बताए ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक