
काठमाडौं । सेयर बजारमा कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक राताम्य भएर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४५ दशमलव ९३ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक १.६७ प्रतिशतले घटेर २६८९ विन्दुमा पुगेको छ । साताको पहिलो कारोबार हुने दिन नेप्सेमा सूचीकृत भएका जम्मा २७ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने २१४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ९६ अंकले घटेर ४५७ दशमलव ०४ विन्दुमा पुगेको छ । आज १३ उपसूचकको परिसूचकमध्ये सबै १३ वटैको सेयर मूल्यमा गिरावट आएको छ । आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार ८ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा यो साता करिब ७ अर्ब बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा ३२१ कम्पनीका १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर ८१ हजार ४०४ पटक खरिद बिक्री हुँदा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९९९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चार कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व