
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा सामान्य बढेको हो ।
गत आवको पुस मसान्तसम्म २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म ०.२४ प्रतिशतको सामान्य वृद्धि सहित २३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ । आम्दानीको एक मुख्य स्रोत खुद बीमाशुल्क आर्जन समीक्षा अवधिमा ३ अर्ब १८ करोड १६ लाख रुपैयाँबाट २२.२३ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ नाघेको छ । त्यस्तै कुल आम्दानी ४ अर्ब १८ करोड ९४ लाख रुपैयाँबाट १८.९५ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड ३५ लाख रुपैयाँ पुग्दा कुल खर्च ३ अर्ब ९५ करोड ८५ लाख रुपैयाँबाट २० प्रतिशतले बढेर ४ अर्ब ७५ करोड २० लाख रुपैयाँ नाघेको छ ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीले अभिकर्तालाई कमिशन बापत दिने रकम ३१ करोड ८५ लाख रुपैयाँबाट वृद्धि गरी ३८ करोड ६ लाख रुपैयाँ पुर्याएको छ भने कम्पनीका कर्मचारीलाई दिने कमिशन १७ करोड ९९ लाख रुपैयाँबाट वृद्धि गरी १८ करोड ८० लाख रुपैयाँ पुर्याएको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार १६ अर्ब ८५ करोड २३ लाख रुपैयाँबाट बढेर २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी ११.७३ रुपैयाँबाट घटी ९.२६ रुपैयाँमा कायम हुँदा सोल्भेन्सी अनुपात ३.४२ प्रतिशतबाट घटेर १.७३ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१.१८ गुणा रहेको छ ।
चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको सेयर प्रिमियम ४५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २५ करोड ३५ लाख रुपैयाँ र जगेडा कोषमा ३५ करोड ६५ लाख रुपैयाँ सञ्चित रहेको छ । २६ अर्ब रुपैयाँ लगानी गरेको यस कम्पनीको सम्पत्तिको कूल मूल्य २९ अर्ब ८८ करोड रुपैयाँभन्दा माथि रहेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम