
काटमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र सुविधाजन अवस्था रहेको र आन्तरिक क्षेत्रमा केही दबाब रहेको बताएका छन् । बुधबार नेपाल बैंकर्स संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकहरुले ब्याज उठाउन नसेको अवस्थामा पनि तरलताको समस्या नभएको भन्दै अहिले अर्थतन्त्रको बाह्य क्षेत्र सुविधाजन अवस्थामा रहेको बताएका हुन् ।
अहिले विदेश गएका नेपालीहरुबाट आउने रेमिट्यान्स पनि बढेको र विदेशी मुद्राको सञ्चिति पनि सुविधाजन अवस्थामा रहेको गभर्नर अधिकारीको भनाइ थियो । बैंकहरुको रिकभरी ठूलो समस्या भएको उनले बताए । अहिलेको अवस्थामा दुःख मान्नु पर्ने अवस्था भने नरहेको उनको भनाइ थियो ।
‘रेगुलेटरी कम्प्ल्यान्स अर्को चुनौती हो । त्यसमा बैंकरहरू सचेत हुनुहुन्छ । पोलिसी भनेको सधै एउटै रहन्न । अवस्थाको आधारमा नीति परिवर्तन हुन्छ,’ गभर्नर अधिकारीले भने । नेपालमा सबै जान्ने र आफ्नो काम गर्नमा केही कमजोर रहेको उनको भनाइ थियो । त्यस्तै उनले ऋण नतिरे पनि हुन्छ भन्ने अराजक गतिविधिबाट समस्याको सुरुवात भएको भन्दै यसको मनोवैज्ञानिक असर बैंकरहरूमा परेको पनि बताए । ‘बैंकहरूले नाफा कमाउन नपाउने भन्ने पनि आयो । न्युनतम नाफा आर्जन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘एउटा लेबलमा नाफा पनि आवश्यक छ ।’
पछिल्लो समय आर्थिक गतिविधि बढ्न थाथेको उनले बताए । जसले आगामी दिनमा बैंकहरुलाई सहज हुने उनको विश्वास थियो । ‘कतिपयलाई ऋणको प्रेसर पनि छ । प्रोफिट्याबलिटीमा असर परेको छ । डुब्न बाट जोगाएको छ । अप्ठ्यारोमा सहनुपर्छ । दिन सधै अप्ठ्यारा हुँदैनन् । सकारात्मक हिसाबले अघि बढ्नुपर्छ,’ उनले भने ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै