
म्याग्दी । म्याग्दी सरदमुकाम बेनीमा आयोजना हुन लागेको आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलामा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री वितरणलाई प्राथमिकता दिइने भएको छ । महोत्सव मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घले जिल्लामा उत्पादन भएका बस्तु तथा सामग्रीलाई बिक्री वितरण तथा प्रचारप्रसारका लागि प्रदर्शनीमा राख्न निःशुल्क स्टलको व्यवस्था गरेको हो ।
यही पुस २८ देखि आगामी माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा वन, कृषि र लघुउद्यमसम्बन्धी स्थानीय उत्पादनका सामग्रीको व्यापार र प्रदर्शनीका लागि २३ वटा स्टल र हरेक जिल्लाका छ वटै स्थानीय तहलाई एक/एक वटास्थल उपलब्ध गराइएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुुविन श्रेष्ठले बताए । ‘महोत्सवबाट स्थानीय उत्पादनको व्यापार प्रवद्र्धन र प्रचारप्रसारमा सघाउन निःशुल्क स्टलको व्यवस्था गरेका छौँ, स्थानीय तहहरुले समेत आ–आफ्नो पालिकाभित्रको सम्भावनाको उजागर हुने बस्तु तथा सामग्रीलाई प्रदर्शनीमा राख्ने तयारी गरेका छन्, बढी भन्दा बढी जिल्लाभित्रको उत्पादनको बिक्री तथा प्रचारप्रसार होस् भन्ने हामीले चाहेका छौँ,’ अध्यक्ष श्रेष्ठले भने ।
महोत्सवमा कृषि र पशुजन्य उत्पादनका साथै लघुउद्यमसम्बन्धी स्थानीय उत्पादनका सामग्री बिक्री र प्रदर्शनीमा राखिने छ । महोत्सव सञ्चालन हुने बेनीको खुलामञ्चमा राखिने एक सय ३३ वटा व्यावसायिक स्टल, २२ वटा होटलका स्टलसमेत बुकिङ भइसकेको संघले जनाएको छ । महोत्सवमा विद्यालयको नवप्रवद्र्धन र विज्ञान प्रदर्शनीका लागिसमेत सातवटा स्टल निःशुल्क उपलब्ध गराउने तयारी गरिएको छ ।
विभिन्न व्यापारिक स्टलका लागि नाम टिपाएका ६० जना बढीलाई ठाउँ अभाव भएको र खुलामञ्च नजिकै रमाइलो मेला सञ्चालन हुने क्षेत्रमा समेत थप स्टल बनाउने तयारी गरिएको संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए । महोसत्सवमा म्याग्दीमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त व्यक्तिलाई सम्मान गरिने छ । महोत्सवमा खुल्ला लोकदोहोरी गीत, गण्डकी प्रदेशस्तरिय अन्तर पालिका पुरुष भलिबल तथा खुल्ला महिला भलिबल, गण्डकी प्रदेशभित्रका वडास्तरीय बाँस्केटबल प्रतियोगिता, ब्याडमिन्टन लगायतका खेलकुद तथा खुल्ला रत्यौली, भजन, पुख्र्यौली नाच म्याग्दी आइडल एकल लोकनृत्य लगायतका सांस्कृतिक प्रतियोगितालाई समावेश गरिएको छ ।
रु १० करोड भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सवमा रु एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ खर्च भएर रु पाँच लाख १० हजार ८६ बचत गर्ने लक्ष्य लिएको सङ्घका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव सफल बनाउन विभिन्न ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्रता दिइएको आयोजकले जनाएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू