
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आयकरको स्ल्याब मा ठूलो हेरफेर गरेको छ। मध्यम वर्गको विस्तार गर्ने भन्दै बजेट ल्याएको सरकारले हाल रहेको आयकरमा उल्लेख्य परिवर्तन गरेको हो ।
नयाँ व्यवस्थाअनुसार न्यून कर लाग्ने सीमालाई घटाएर उच्च दरको कर लाग्ने दायरालाई फराकिलो बनाइएको छ। यसले विशेषगरी मध्यम र उच्च आय भएका वर्गलाई थप करको भार पर्ने देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा ५ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत सामाजिक सुरक्षा कर लाग्ने व्यवस्था रहेकोमा आगामी वर्ष २०८३/८४ देखि यसलाई बढाएर १० लाख रुपैयाँमा पुर्याइएको छ।
नयाँ स्ल्याबअनुसार मध्यम वर्गका लागि करको भार निकै कम गरिएको छ। यसअघि ५ लाख पछिको थप २ लाखमा १० प्रतिशत कर लाग्ने गरेकोमा अब १० लाख पछिको थप ५ लाखमा मात्र १० प्रतिशत कर लाग्नेछ । त्यस्तै, २० प्रतिशत कर लाग्ने दायरा पनि फराकिलो बनाइएको छ। सबैभन्दा ठूलो परिवर्तन उच्च आय हुनेहरूका लागि गरिएको छ। ५० लाख रुपैयाँभन्दा बढी आय हुनेहरूले यसअघि ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था रहेकोमा अब त्यसलाई १० प्रतिशतले घटाएर २९ प्रतिशतमा झारिएको छ।
करका स्ल्याबहरू फराकिलो बनाउँदा मानिसको खर्चयोग्य आम्दानी बढ्ने र यसले बजारमा माग बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ। विशेषगरी महँगी बढिरहेको समयमा ५ लाखको सीमालाई १० लाख पुर्याउनुले मध्यम वर्गीय परिवारको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने देखिन्छ।
यसअघि साना करदातालाई छिट्टै उच्च करको दायरामा समेट्ने नीति रहेको भन्दै आलोचना हुने गरेकोमा नयाँ बजेटमार्फत सरकारले करको दर घटाएर दायरा फराकिलो बनाउने नीति लिएको देखिन्छ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू