
गुल्मी । गुल्मीको रिडीमा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी हुने भएको छ । कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, रैथाने बाली वस्तुको प्रवद्र्धन गर्ने उदेश्यले कृषि मेला प्रदर्शनीको आयोजना गर्न लागिएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
रिडी माघे सङ्क्रान्ति मेलाको अवसरमा यही माघ १ गतेदेखि ३ गतेसम्म रुरुक्षेत्र गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका र गुल्मी दरबार गाउँपालिकाको सहकार्यमा कृषि मेला प्रदर्शनी हुन लागेको हो ।
कृषकलाई प्रविधिको बारेमा जानकारी गराउनुका साथै कृषकका अनुभव आदानप्रदान र स्थानीय उत्पादित बाली वस्तुको प्रवद्र्धन तथा प्रचारप्रसारका लागि कृषि मेलाको आयोजना गर्न लागिएको छ । उत्पादित कृषिजन्य वस्तुलाई प्रदर्शनीमा ल्याउनका लागि सबै कृषकलाई आग्रह गरिएको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।
कृषि मेला प्रदर्शनीमा खाद्यान्न बाली (घोंगा तथा बाला वा झोप्पासहित), तरकारी, आलु, टमाटर तथा कोसेबाली (बोटसहित), कन्दमुलरजरेबाली (सिङ्गो), मौरी (चाकासहित), कफी तथा अमिलो जातका फलफूल (हाँगासहित), मसला बाली, बीउबिजन, स्थानीय तथा रैथाने बाली लगायतका विभिन्न बालीहरू ल्याउनुपर्नेछ ।
प्रदर्शनी भएका कृषिजन्य वस्तुहरूलाई विभिन्न विधामा वर्गीकरण गरी प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कार प्रदान गरिने छ । प्रथमलाई चार हजार, द्वितीयलाई तीन हजार, तृतीयलाई दुई हजार र सान्त्वनालाई एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनएको छ ।













समाचार
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ
दैलेखको भम्लु खोलामा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर