
काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा वित्तीय अवस्था सुधार गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार मूख्य सूचकहरु सबैमा सुधार आएको हो ।
गत आर्थिक वर्ष बैंकले ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ७ करोड रुपैयाँ हाराहारीमा रहेको खुद नाफा ४६।२० प्रतिशतले वृद्धि भएको हो ।
खुद ब्याज आम्दानीमा भने सामान्य गिरावट आएको छ । अघिल्लो वर्ष १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा १० अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ, जुन १.०४ प्रतिशतले कम हो ।
ब्याज आम्दानीमा सामान्य दबाब देखिए पनि बैंकले सञ्चालनतर्फ उल्लेखनीय सुधार गरेको छ । समीक्षा अवधिमा खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी बढेर १२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
सञ्चालन नाफा अघिल्लो वर्षको ४ अर्ब ४४ करोड रुपैयाँबाट बढेर ७ अर्ब १९ करोड रुपैयाँभन्दा माथि पुगेको छ। यसले बैंकको सञ्चालन दक्षता र खर्च व्यवस्थापनमा सुधार भएको संकेत गरेको छ । बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यसका आधारमा बैंकको लाभांश वितरण क्षमता १५.८४ प्रतिशत पुगेको देखिन्छ ।
१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब २५ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ, जसले पुँजीगत आधार थप मजबुत बनाएको छ ।
समीक्षा अवधिमा बैंकले २५.०२ प्रतिशतले निक्षेप वृद्धि गर्दै ४ खर्ब १५ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष बैंकको निक्षेप ३ खर्ब ३२ अर्ब रुपैयाँ हाराहारीमा थियो ।
यस्तै, कर्जा प्रवाह १०.४७ प्रतिशतले बढेर २ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ६२.८५ प्रतिशत कायम रहेको छ, जसले बैंकसँग थप कर्जा विस्तारका लागि पर्याप्त लगानीयोग्य स्रोत रहेको देखाउँछ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ९५ पैसाबाट बढेर ३० रुपैयाँ ६३ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ २८७ रुपैयाँ ७० पैसा र मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ८.५४ गुणा रहेको छ ।
सम्पत्ति गुणस्तरतर्फ पनि बैंकले सुधार गरेको छ । अघिल्लो वर्ष ४.५६ प्रतिशत रहेको निष्क्रिय कर्जा (एनपीएल) घटेर ४.१८ प्रतिशतमा झरेको छ ।
यसैगरी, बैंकको टियर–वान पुँजी पर्याप्तता अनुपात ११.२७ प्रतिशत र समग्र पुँजी पर्याप्तता अनुपात ९सीएआर० १३.६६ प्रतिशत पुगेको छ, जसले बैंकको वित्तीय अवस्था नियामकीय मापदण्डअनुसार सुदृढ रहेको संकेत गरेको छ ।












समाचार
भदौका लागि पनि घट्यो वाणिज्य बैंकहरूको औषत ब्याजदर, कुन बैंकको कति ?
शिखर इन्स्योरेन्सको नाफा १३ कोड बढी, बीमा व्यवसाय १० प्रतिशतले बढ्दा अन्य सूचक कस्ता ?
सन नेपाल लाइफको नाफा ४१ करोड ८५ लाख, जीवन बीमाकोषमा २७ प्रतिशतले वृद्धि
लक्ष्मीले कमायाे ३ अर्ब माथि नाफा, इपीएस कति ?
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, अन्य सूचक कस्ता ?
एनआईसी एशिया बैंक एक वर्षमै नोक्सानीबाट नाफामा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ३६.५९% ले घट्यो
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
नेशनल लाइफको जीवन बीमाकोष खर्बमाथि, यस्ता छन् कम्पनीका वित्तीय सूचक ?
दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज