
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले अवितरित हकप्रद शेयर लिलाम मार्फत् बिक्री खुला गरेको छ। कम्पनीले इच्छुक जो कोही व्यक्ति वा संगठित संघसंस्थाले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो ।
कम्पनीले कात्तिक २० गतेसम्म कायम शेयरधनीका लागि मंसिर १६ देखि पुस ७ गतेसम्म ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ७५ लाख कित्ता हकप्रद खरिद आह्वान गरेकोमा ८ लाख २६ हजार ५७४ कित्ता शेयर बाँकी बसेको थियो ।
अब कम्पनीले सोही बाँकी बसेको शेयर लिलामी प्रक्रियाद्वारा बिक्री गर्न लागेको हो, यसमा आज माघ २ गतेदेखि ९ गतेसम्म आवेदन दिन सकिनेछ। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने शेयर खरिद गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदको मागसहित आवेदन दिन सकिनेछ ।
आवेदन बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकका शाखा विराटनगर, वीरगंज, जाउलाखेल, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा पेश गर्न सकिनेछ। आवेदन फाराम पनि सोही स्थानमा पाइँनेछ ।













समाचार
विश्वकपको सेमिफाइनल समीकरण पूरा : उपाधि होडमा सबै पूर्व विजेता
खुद्रा काममा मात्र नअल्झिई स्वास्थ्यको प्रणालीगत सुधारमा लाग्न सरकारलाई प्रदीप पौडेलको सुझाव
बाँझो जग्गा सदुपयोग गर्न चितवनको माडी नगरपालिका ‘भूमि बैंक’ अवधारणा
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी
महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
ग्रामीण पर्यटन वर्षमार्फत बन्दीपुरको प्रवर्द्धन गर्ने लक्ष्य
कर्णाली प्रदेशको विद्युत सेवा भरपर्दो र प्रभावकारी बनाउन यान्त्रिक क्रेन उपलब्ध गराइने
सुकुम्वासी समस्या समाधानमा सरकार गम्भीर : गृहमन्त्री गुरुङ
गणेश नेपाली मृत्यु प्रकरणमा सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति