
साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक ० दशमलव ४७ अंकले बढेर २६५५ दशमलव ८५ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ६७ अंकले घटेर ४५३ दशमलव ४१ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ । आज १३ उपसूचकमध्ये ८ उपसूचकको सेयर मूल्य घटेको छ भने ५ वटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ ।
अघिल्लो कारोबार दिन साढे १२ अर्ब माथिको कारोबार भएको बजारमा आज ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३०८ कम्पनीका २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर ९५ हजार ३७४ पटक कारोबार हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ग्रिन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू