आरम्भ चौतारी लघुवित्तको साधारणसभा आज

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ औँ वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको साधारणसभा बनेपा पार्टी भेन्यू, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि शुरू हुनेछ ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरिसकेकाले सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश छैन । गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरिनेछ ।

त्यसैगरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, अन्य कुनै वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ ।

साधारणसभा प्रयोजनका लागि संस्थाले माघ २ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस २९ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार