
साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक राताम्य भएर बन्द भएको छ । जेनजीको आन्दोलनले गर्माको अवस्थामा सेयर बजार परिसूचक ३३.१५ अंकले घटेर २६७५.०९ विन्दुमा पुगेको हो ।
धेरै समय पछि नेप्से परिसूचक २६०० विन्दुमा ओर्लिएको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २२९ कम्पनीको सेयर मूल्य घटेको छ भने २२ कम्पनी सेयर मूल्य भने बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको माकप सेन्सेटिभ इन्डेक्स पनि आज ४.९२ अंकले घटेर ४६२.५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ४ अर्ब भन्दा केही बढीको कारोबार भएको बजारमा आज भने ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार ६९८ रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज ३२० कम्पनीका १ करोड १७ लाख १४ हजार ५४३ कित्ता सेयर ५९ हजार ७०४ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।












समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?