
काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले जगेडामा रहेको २४ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले उक्त सेयर आफ्ना सेयरधनीहरूलाई बेच्ने भएको हो ।
कम्पनीले आफ्नो प्रबन्धपत्रको नियम ६ (ग) बमोजिम जगेडामा रहेको सेयर मध्येबाट २४ लाख कित्ता सेयर हाल कायम रहेका सेयरधनीहरूलाई प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने निर्णय गरेको हो ।
सेयर खरीद गर्न इच्छुक सेयरधनीले आगामी १५ दिनभित्र सेयर खरीद फर्म, नागरिकता, राष्ट्रिय परिचयपत्र र बैंकमा रकम जम्मा गरेको भौचर सहित निवेदन दिनु पर्नेछ । तोकिएको समयावधिभित्र हाल कायम सेयरधनीबाट आंशिक वा पूर्ण रूपमा सेयर खरीदका लागि निवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम