दुङ्जिन रिन्पोछे (लामा दावा साङबो योल्मोपा)
धर्मगुरु
हरेक मानिसमा केही न केही क्षमता हुन्छ । सबैमा सबै गुण भेटन नसकिएका तर केही नभएको र केही पनि गर्न नसक्ने भने कोही पनि हुदैन । मानिसले आफूले आफूमा भएको क्षमतालाई चिनेर त्यसलाई व्यवहारमा उतार्नु भने पर्छ । अहिलेको युगमा शिक्षा निकै महत्वपूर्ण र आवश्यक पनि छ । शिक्षा बीना मानिसको जीवन अन्धकारमय हुन्छ भन्ने भनाइहरु पनि सुनिन्छ । तर, अर्को तर्फ शिक्षा हासिल गर्नका लागि कुनै निश्चित उमेरले भने छेक्दैन ।
आज हामीले यहाँ कुरा गर्न खोजेको पात्र पनि यस्तै हुनुहुन्छ । गाउँमा विद्यालय नभएपछि औपचारीक शिक्षाबाट बञ्चित हुनु भएका सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका वडा नम्बर १ का लामा दावा साङबो योल्मोपा। उहाँको जन्म वि.स. २०२७ साल असार १५ गते भएको हो । गाउँमा विद्यालय नभएका कारणले उहाँले औपचारीक शिक्षा भने लिन सक्नु भएन् । तर उहाँ बौद्धधर्मको विषयमा आचार्यसम्मको अध्ययन गर्न सफल हुनु भयो ।
गाउँमा विद्यालय नभएपछि औपचारीक शिक्षाबाट बञ्चित हुनु भएका सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर १ का लामा दावा साङबो योल्मोपा । उहाँको जन्म वि.स. २०२७ साल असार १५ गते भएको हो । गाउँमा विद्यालय नभएका कारणले उहाँले औपचारीक शिक्षा भने लिन सक्नु भएन् । तर उहाँ बौद्धधर्मको विषयमा आचार्यसम्मको अध्ययन गर्न सफल हुनु भयो ।
गुम्बामा नै बित्यो बाल्यकाल
उहाँको बाल्यकाल पाँचपोखरीको ग्याल्दरमा नै बित्यो । गाउँमा विद्यालय नभएकाले उहाँले गुम्बामा नै बौद्ध शिक्षा हासिल गर्नु भयो । गुम्बामा नै बाल्यकाल बिताउनु भएका उहाँले बौद्ध महायाना ब्रजयाना परपम्पराअनुसार नै आफ्नो शिक्षा हासिल गर्नु भयो । जसलाई गुरुकुल परम्परा समेत भनिन्छ । औपचारीक शिक्षाबाट बञ्चित भए पनि बौद्ध परम्परा अनुसारको शिक्षा भने उहाँले पाउनु भयो । जसले गर्दा उहाँलाई बौद्धधर्मको विषयमा जानकारी लिने मौका पनि मिल्यो । औपचारीक शिक्षा हासिल नै नगरेका लामा दावा साङबो योल्मोपाले हालसम्म ६ वटा पुस्तक नै प्रकाशन गरिसक्नु भएको छ ।
लामा कर्मा रेज्युङ योल्मोपा र आमा ओम्मो दावा याङ्जेन योल्मोपाको कोखबाट ४ दाजु भाइ र १ बहीनीमध्ये माइलो सन्ताका रुपमा उहाँको जन्म भएको थियो । उहाँको जेठो दाइको नाम लामा पेमा दोर्जे योल्मोपा हो । उनका दुई भाइहरु र एक बहीनी पनि हुनु हुन्छ । त्यो ठाउँमा उहाँका जिजु बाजेहरुले निर्माण गरेको पेमा छेलिङ गुम्बा रहेको छ । गुम्बाको प्रमुख लामाको सन्तानका रुपमा जन्मेकाले उहाँले सोही अनुसारको शिक्षा हासिल गर्ने मौका पाउनु भयो । २०३५ साल देखि हालको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर १ जदेन भन्ने ठाउँमा रहेको योल्मो कानिङ शेडुप लिङ गुम्बाको जिर्णद्धार गर्ने काम उहाँको बुबाले गर्नु भयो ।
जुन सन् १८४० मा निर्माण भएको थियो । त्यो गुम्बा निर्माण सम्पन्न हुनका लागि १२ बर्ष लाग्यो । गुम्बाको उद्घाटन गर्ने समयमा नेपालमा प्रजातन्त्र आएको थियो । त्यो सँगै गुम्बाको उद्घाटन भयो । त्यस पछि भने उहाँ २०४७ सालेदेखि काठमाडौंमा आएर आफ्नो व्यवसाय सँगै धार्मिक कामहरु समेत गर्न थाल्नु भयो ।
बालबालिकाको भविष्यका लागि गलैँचा व्यवसाय
सबै उहाँका उमेरका युवाहरु पनि काठमाडौंमा पहिले नै काम गरिरहेको अवस्थामा उहाँ पनि गाउँ छोडेर यहाँ आउनु भयो । रोजीरोटीका लागि र केही गर्नु पर्छ भन्ने उद्देश्यले उहाँ काठमाडौं आउनु भयो । सुरुवातमा उहाँले गलैँचाको व्यवसाय गर्न थाल्नु भयो । त्यो कार्यलाई अघि बढाउँदै जाँदा उहाँले विस्तारै सामाजिक र धार्मिक कार्यमा पनि केहि गर्नु पर्छ भन्ने सोचका साथ अघि बढ्नु भयो । त्यसका लागि फेरि उहाँ गाउँ फर्किनु भयो । आफ्नै गाउँमा उहाँले सन् १८०० मा स्थापित पेमा छिलिङ गुम्बालाई संस्थागत रुपमा अघि बढाउन थाल्नु भयो । जुन गुम्बा उहाँको जिजुबाजेले बनाउनु भएको थियो । जुन सन् १८०० मा निर्माण भएको पुरानो गुम्बा थियो । त्यो गुम्बालाई हालको बौद्ध दर्शन प्रवर्ध्दन तथा गुम्बा विकास समितिमा दर्ता गरेर त्यो गुम्बालाई संस्थागत रुपमा अघि बढाउने काम पनि उहाँले गर्नु भयो । उहाँ त्यो गुम्बुका संस्थापक अध्यक्षको रुपमा १७ वर्ष नेतृत्व गर्नु भयो ।
गुम्बाको विकास र त्यसको माध्यामबाट गाउँको विकासमा उहाँले ठूलो योगदान दिनु भयो । त्यो बीचमा उहाँ गाउँमा जाने र काठमाडौंमा पनि आउने गर्न थाल्नु भयो । त्यसको दोस्रो संस्थाको रुपमा १२/१३ जिल्लामा उहाँहरुको मात्रै बंश रहेको र छरिएर रहेको दाजुभाइलाई एकीकृत गर्ने कार्यमा पनि लाग्नु भयो । जसबाट पहिले गर्दै आएको धार्मिक कार्यका लागि पनि निरन्तर्ता दिने काम भयो । संघ संस्था खोल्न समेत प्रतिबन्धी रहेको समयमा नै उहाँको वंशजहरूले २०४३ सालमा योल्मो काग्यु साङाग लाछोग् नामक गुठिको रुपमा स्थापन गरेको संस्थामा २०५३ सालमा केन्द्रीय महासचिव भएर पनि उहाँले आफ्नो समूदाय र धर्मको विषयमा धेरै कामहरु गर्नु भयो । त्यहाँ पनि १० वर्ष विताउनु भयो । त्यहाँ काम गर्दै गर्दा उहाँले वि.सं. २०४७ वैशाख १० गते स्थापना गरिएका योल्मोपा जातिको जातीय संगठन नेपाल योल्मो समाज सेवा संघमा २०५९ सालमा केन्द्रीय सदस्यमा निर्वाचित भएर काम पनि गर्नु भयो । दोस्रो राष्ट्रिय महाधिवेशनबाट उहाँ फेरि वरिष्ठ उपाध्यक्ष भएर काम पनि गर्नु भयो । त्यस पछि उहाँले आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सञ्चालक परिषदको सदस्य भएर पनि उहाँले आदिवासि जनजातिका क्षेत्रमा योगदान पुर्याउनु भयो । त्यहाँ ४ वर्ष सेवा गुर्न भयो ।
गुम्बामार्फत गाउँको विकास
आफूले औपचारीक शिक्षा हासिल गर्न नपाएको र गाउँको अवस्था बुझ्नु भएका उहाँले त्यो गुम्बाबाट बौद्ध दर्शनसँगै औपचारीक शिक्षा पनि दिन थाल्नु भयो । त्यो क्रममा उहाँ गाउँ र काठमाडौं आउने जाने क्रम जारी नै राख्नु भयो । हाम्रो जाति र धर्मको विषयमा उहाँले निकै लामो योगदान दिएर अहिले भने उहाँ सन् २०१७ देखि अमेरिकामा बस्दै आउनु भएको छ । त्यहाँ उहाँले आफ्नो व्यवसाय गरेर कमाउनु भएका रकम र धार्मिक कार्य मार्फत प्राप्त भएका दक्षिण सहित सम्पूर्ण धनराशी योल्मो कान्यिङ शेडुप लिङ गोन्पा (कर्मापा श्यामारनग् देन्सा) मा दान गर्नु हुन्छ ।

उहाँको गाउँ योल्मो क्षेत्र हो । जहाँ भगवान गौतम बुद्ध अर्थात् शाक्यमुनिको भविष्यवाणि अनुसार अवतांशक सुत्र भन्नेमा उल्लेख छ । उक्त सुत्र अनुसार आठौ शताब्दीमा गुरू पद्म संभव यो योल्मो क्षेत्रमा ध्यान साधना गर्नु भयो । त्यसैले यो गुप्त क्षेत्र तपोभूमिका रुपमा पनि परिचित छ । यस्ता किसिमका तपोभूमि वा तिर्थस्थलहरु अहिलेको नेपालको नशाकंनमा हेर्नेहो भने सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र धादिङ जिल्लाको उत्तरी हिमाली क्षेत्रलाई योल्मो क्षेत्र भनिन्छ । योल्मो क्षेत्रमा विशेष गरेर पर्यटनको विकास पनि भएको छ । विभिन्न समयमा तिब्बतबाट महान गुरुहरु पनि त्यो क्षेत्रमा आउने गरेको र ध्यान गरेको पनि शास्त्रमा उल्लेख गरेका पाइन्छ । यो ८ औँ शताब्दीको कुरा हो । ११ औँ सताब्दीमा महायोग्यश्वर मिलारीपा पनि यो क्षेत्रमा आएको इतिहास छन् । उहाँ महान योगि र महाकवि पनि हुनुहुन्थ्यो । उहाँले पनि योल्मो क्षेत्रमा तीन वर्ष ध्यान र साधाना गर्नु भएको भन्ने छ ।

योल्मो क्षेत्रमा धार्मिक हिसावले धेरै महत्वपूर्ण तिर्थस्थलहरु पनि रहेका छन् । यहाँको सबै भन्दा पहिलो गुम्बा आमायाङरी टुप्पोमा निर्माण भएको मानिन्छ । यो १४ औँ शताब्दीमा निर्माण भएको र निर्माणकर्ता गुरुको नाम ग्याल्जेन बुम् हो ।
उहाँ जन्मेको क्षेत्रमा विशेष गरेर कृषि र पशुपालन हुने गरेको थियो । त्यहाँ मुख्य गरी आलु, गहुँ र मुलाको खेती हुने गरेको थियो । उहाँ पनि त्यही पेशा र गुम्बामा दिने शिक्षा हासिल गर्दै आफ्नो बालपान विताउनु भयो । उहाँको बुबा गुम्बाको प्रमुख भएकाले कृषिका साथै जजमान पनि गर्नु हुन्थ्यो । उहाँको दानपतिहरू विशेष गरेर तामाङ, शेर्पा र योल्मोपा आदि जातिका जजमानहरुले कर्मकाण्डहरुमा बोलाएको खण्डमा उपस्थिति हुनु पर्ने अवस्था हुन्थ्यो । जसले गर्दा जजमानको काम पनि उहाँले गर्नु भयो । उहाँको बुबा भारतमा ठेक्केदारका रुपमा काम जानु भयो । बुबासँगै उहाँका दाजु र भाइ पनि भारत गए । जहाँ दाजु र भाइले औपचारीक शिक्षा हासिल गर्ने मौका पाउनु भयो । तर उहाँ गाउँमा नै भएकाले औपचारीक शिक्षाबाट बन्चित पनि हुनु परो । बुबा भारतमा रहेको समयमा उहाँले नै जजमानको काम पनि गर्न थाल्नु भयो । उहाँ काठमाडौं आए पछि गाउँमा जजमान गर्ने काम भने उहाँको गुम्बाका अरु लामालाई दिएर काठमाडौंबाट नै बुबाले र उहाँले जजमानी गर्न थाल्नु भयो ।

उहाँका बुबाको सन् २०१२ मा मृत्यु भयो । घरको जेठा दाइको पनि सन् २०१३ मा निधन भए पछि उहाँको काँधमा थप जिम्मेवारी आयो । त्सपछि सन् २०१५ को महाभूकम्पले सन् १८४० मा स्थापित उहाँको गुम्बा, गुम्बाद्वारा सञ्चलन गरेका स्कुल र घर पूर्णरूपमा ध्वस्त भयो । जसले उहाँको जीवनमा ठुलो वज्रपत (दु:ख) भयो र आर्थिक सङ्कट अवस्था सिर्जना भयो । गुरुको शिक्षा अनुसार ध्यानसाधना गर्ने काम गर्दै उहाँले आफ्नो जीवनलाई अघि बढाउनु भयो । बाबुको निधन पछि भने उहाँले आफ्नो सबै जीवन धार्मिक क्षेत्रमा लगाउनु भयो र अहिले त्यसमा नै समर्पित भएर लाग्नु भएको छ ।
औपचारीक अध्ययन
यहि क्रममा उहाँले लुम्बिनी बौध्द विश्वविद्यालयमा गएर अध्ययन गर्ने मौका पनि पाउनु भयो । त्यहाँ उहाँले २ वर्ष अध्ययन गरेर आचार्य उपाधि हासिल गर्नु भयो । औपचारीक शिक्षा लिनबाट बञ्चित हुनु भएका योल्मोपाले आफ्नो जीवनमा औपचारीक शिक्षाको प्रमाणपत्र पनि पाउनु भयो ।
उहाँको उम्मेर २१ वर्षको हुँदा विबाह भयो । उनको बिबाह शेर्पा जातिका फुर्पु ग्याल्मो शेर्पासँग भयो । उहाँहरुका दुई जना छोराहरु छन् । उहाँहरुको शिक्षा दिक्षाका लागि उहाँले पस्मिनाको व्यवसाय पनि गर्नु भयो । जसले आफ्नो घर परिवार चलाउनका लागि सहज भयो ।
मानिसले आफ्नो जीवन यापन गर्नका लागि कुनै न कुनै व्यवसाय गर्नै पर्ने हुन्छ । त्यो अवस्थामा उहाँले पस्मिना, गलैँचाको व्यवसाय गर्नु भयो । जब बालबच्चाहरु आफैमा सक्षम भए त्यस पछि गुम्बा मार्फत उहाँ समाजमा धर्म र शिक्षा फैलाउने काममा निरन्तर रुपमा लागि रहेनु भएको छ । त्यसका लागि पनि आर्थिक आवश्यक पर्ने भएकाले उहाँ अहिले अमेरिकामा काम समेत गर्दै आउनु भएको छ ।

वि.सं. २०७२ को महाभुकम्पले नेपालका १४ जिल्लामा रहेका गुम्बाहरु भुकम्प पछि ध्वस्त भए । त्यसको पुनःनिर्माण गर्न सकिएन । उहाँको गुम्बामा पनि रकम अभावका लागि गुम्बा नबन्दा पुजाको काम पनि बन्द भएको तितोसत्य पनि उहाँका सामु छ । योल्मो क्षेत्रकै पुरात्तात्तिक महत्वको गुम्बा क्षेति पुगे पछि सरकारले नै ती गुम्बाहरुका पुननिर्माणका काम गर्ने भन्यो । १४ जिल्लाका १३४० वटा गुम्बामा क्षति पुगेको थियो । तर सरकारले पहिलो चरणमा १५ वटा गुम्बा बनाउने भन्यो । त्यसमा उहाँको गुम्बा पहिलो स्थानमा परे र पुननिर्माण पनि २०८० असार ३१ गते सम्पन्न भयो ।
अहिले त्यो गुम्बा मार्फत लामा विद्यार्थीहरु अध्ययन गर्नका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाबाट रू २० लाख आर्थिक सहयोग प्राप्त गरि बाँकी उहाँले नै खर्च गरि ३ करोटको लगानीमा ३ तल्ले ३१ कोठे नयाँ स्कुल भवन निर्माण गर्दै हुनुहुन्छ । जसबाट अन्य भनवहरु पनि निर्माण हुने क्रममा रहेका छन् । गुम्बाको निर्माण सकिए पछि रोकिएको पुजाको काम पनि पुन सुरु हुने छ । वि.सं. २०५७ मा उहाँले १२ वटा जिल्लामा आफ्ना बंशको ३४ वटा गुम्बाको भ्रमण गरि वंश र धर्मको विषयमा अध्ययन गरेर प्रतिवेदन तयार समेत पार्नु भयो । त्यसको प्रतिवेदनलाई पुस्तको रुपमा प्रकाशन समेत गरियो । त्यसका लागि योल्मोपा समूदायले १८ लाख रुपैयाँ र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट ३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

औपचारीक शिक्षा हासिल नगरे पनि उहाँले आफ्नो समूदाय र धर्मको विषयमा १० वर्ष खोज अनुसन्धान गरेर पुस्तक प्रकाशन गर्नु भयो । त्यो पुस्तक बौद्ध धर्मपराम्परा अनुसार पुस्तक विमोचन गरियो । तीन दिन लगाएर प्रणिधान गरेर पुस्तक विमोजन गरिएको थियो । त्यसको प्रमुख अतिथिका रुपमा तत्कालीन राष्ट्रपति डा रामबरण यादव र विशिष्ट अतिथिको रूपमा परम पावन १४ औं कुन्शिग् श्यामार रिन्पोछे सहभागिता रहेको थियो । उक्त कार्यक्रममा २ लाखको सहभागिता रहेको थियो । उक्त ४ सय पानाको पुस्तक सार्वजनिक भए पछि औपचारीक शिक्षा नलिएको व्यक्तिले पुस्तक लेखेको भनेर चर्चा भयो । तर पुस्तक सार्वजनिक भए पछि उहाँलाई चिन्ता लाग्यो ।

पुस्तकको विषयमा उहाँले समीक्षा आवश्यक ठान्नु भयो । जसले पुस्तकको विषयमा आम पठाकहरुमा जानकारी गराउन सहयोग पुगोस भनेर । पुस्तकको समीक्षा गर्नका लागि विद्वान बैरागि काइला, प्रा.डा. रमेश कुमार ढुङ्गेल लगायतका ५ जना बौद्ध विद्धानहरुलाई राखेर समीक्षा समेत गरियो । जसमा पुस्तक निकै राम्रो भएको प्रतिक्रिया पाए पछि उहाँलाई थप हौसाला मिल्यो । पुस्तक प्रकाशन भएको एक वर्ष पछि बौद्ध विद्धान प्रा.डा. रमेश कुमार ढुङ्गेलले सञ्चालन गरेको लुम्विनी बौद्ध विश्वविद्यालय अन्तर्गत लुम्विनी कलेजबाट मास्टर (आचार्य) लेभलको शिक्षा हासिल गर्ने अवसर पाउनु भयो र पुरा गर्नु भयो ।
औपचारीक रुपमा मास्टरको कक्षामा सहभागि हुनका लागि स्नातक तहको अध्ययन गर्नु पर्ने हुन्छ । तर औपचारीक रुपमा एक कक्षा पनि नपढेको विद्यार्थीलाई कसरी मास्टर लेभलको अध्ययन गराउने भन्ने विषयमा सुरुमा केही द्धिविधा भएका कारणले ढुङ्गेलले बोर्डमा छलफल गरेर जानकारी दिने बताउनु भयो । बोर्डले पनि हुन्छ भने पछि योल्मोपाको अध्ययन गर्ने बाटो खुल्यो । त्यो पनि ५० प्रतिशत छात्रवृत्तिमा । त्यहाँ उहाँले दुई वर्ष अध्ययन गर्नु भयो । त्यहाँ अध्ययन गर्दा उहाँलाई थप अच्चम लाग्यो । जुन अध्ययन प्रतिवेदन पुस्तकका रुपमा आएको थियो त्यो पुस्तकै अध्ययन गर्नु पर्ने भयो । जसको संकलक लेखक उहाँ आफै हुनुहन्थ्यो ।

भारत र नेपालका विभिन्न बौध्द कलेजहरूबाट अध्ययन सम्पन्न गरेका ३००/३५० जना आचार्य र खेन्पोहरु लाई सन् २०१७ मा नेपाल सरकार बौध्द दर्शन प्रवर्ध्दन तथा गुम्बा विकास समितिले सम्मान गरेका थिए । ती ३५० जना मध्ये ५ जनालाई विशेष सममान गरे । उक्त ५ जना भित्र उहाँलाई पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यको उपाधि दिनु भयो । उहाँ अहिले अमेरिकामा रहनु भएको छ र त्यहाँ पनि धार्मिक प्रवचन र कर्मकाण्ड लगायतका विषयमा जानकारी दिने काम गरिरहनु भएको छ । त्यसपछि अमेरिका र नेपाल आउने क्रम जारी रहेको छ । त्यहाँ उहाँले गौतम बुद्ध नेपालमा जन्मेको भनेर प्रचार प्रसार गर्ने काम पनि गर्दै आउनु भएको छ ।
उहाँले सन् २०१९ मा नेपाल सरकारबाट आचार्य महारत्न (लोपोन रिन्पोछे) को उपाधि पाउनु भयो । उहाँले आफूले पाएको उक्त उपाधिको विषयमा आफ्नो मूल गुरु परम पावन १७ औं ग्याल्वा कर्मापालाई चढाउँनु भयो । उहाँको मूलगुरू कर्मापाबाट पनि दुङ्जिन् (वंशधर) को उपाधि प्राप्त भयो, जुन बौध्द महायान/वज्रयान परम्पराको सबै भन्दा उच्च (माथिल्लो) पद थियो । जसलाई गद्दी आरोण गराइन्छ । उक्त अवसर पनि उहाँले पाउनु भयो भने उहाँ दुङ्जिन् लोपोन रिन्पोछे जस्ता महा उपाधि प्राप्त गर्ने पहिलो नेपाली लामा हुनुहुन्छ । उहाँ अहिले अमेरिकामा धर्मसँगै आफ्नो पेसामा पनि निरन्तर रुपमा काम गरिरहनु भएको छ । उहाँले हासिल गरेका उपाधिले बौद्धिकता र आर्थिक रुपमा पनि सहयोग मिल्यो । बुद्ध धर्मको क्षेत्रबाट सेवा पनि पाइयो ।
ज्ञान हासिल गर्नका लागि निरन्तर रुपमा गुरुकोबाटोमा लागेर काम गर्नु पर्ने र आफूले पनि सोही अनुसार अघि बढेको उहाँ सुनाउनु हुन्छ । उहाँले बौद्ध विश्वविद्यालयबाट उपाधि हासिल गर्दै गर्दा गुम्बा क्षेतविक्षेत भइसकेको थियो । तर, उपाधि पाएपछि उहाँले गुम्बाको पुनर्निमाणका लागि पहल गर्नु भयो र नेपाल सरकार पुरातत्त्व विभागले नै ३ करोड लगानीमा गुम्बा पुन:निर्माण कार्य सम्पन्न गरि दियो । अर्को तर्फ अमेरिका गएर आर्थिक जुटाउने काम पनि उहाँले गर्नु भयो ।
उहाँ अहिले पेशाको रूपमा भन्दपनि सेवाको रूपमा धार्मिक कार्य र कर्मकाण्ड गरेर प्राप्त हुने दक्षिण र काम गरेर आउने रकम सबै गुम्बालाई नै दान सहयोग गर्दै आउनु भएको छ । अहिले गुम्बाको सम्पत्तिको रूपम जग्गा, भौतिक संरचना सहित ९/१० करोडको रहेको उहाँको भनाइ छ । बागमति प्रदेशको काठमाडौं वरपर गुम्बाहरु रहेका छन् । यस्ता गुम्बाहरु गाउँहरुमा स्थापना भएका छैनन् । उहाँ गुम्बालाई मन्दिरको रुपमा पुजा गर्ने भन्दा पनि शिक्षा दिने विद्यालयको रुपमा विकास गर्नु पर्ने बताउनु हुन्छ । अब उहाँको योजना भनेको गुम्बा मार्फत नि:शुल्क शिक्षा दिने रहेको छ । जुन अभियानमा उहाँ लागिरहनु भएको छ । उहाँको सिन्धुपाल्चोकमा रहेको गुम्बामा उहाँले विद्यालय, कलेज र ध्यान केन्द्र स्थापन गर्ने योजना बनाउनु भएको छ । त्यसमा पनि उहाँको पहिलो प्राथमिकता भनेको आमा बुबा नभएका विद्यार्थीलाई शिक्षा दिनु रहेको छ । त्यस पछि आमाबुबा भएको भए पनि शुल्क तिर्न नसक्नेहरुलाई निशुल्क अध्ययन गराउने छ । आर्थिक रुपमा सम्पन्नहरुबाट भने शुल्क लिने योजनाका साथ उहाँ अघि बढीरहनु भएको छ । जुन राज्यले गर्नु पर्ने काम हो त्यो उहाँ व्यक्तिगत रुपमा गर्दै आइरनु भएको छ ।
गुम्बामा अध्ययन गरेपछि घरगृहस्थीमा जान चाहानेहरुका लागि सटिफिकट दिएर पठाउने गरि योजना निर्माणको कार्यमा उहाँ अहिले लागि रहनु भएको छ । बाँकी रहेको तीन वर्ष कमाएको सबै पैसा गुम्बारलाई दिने उहाँ बताउनु हुन्छ । उहाँ २०१७ मा अमेरिका जानु भयो । त्यहाँ पनि पुस्तक लेख्ने काम गर्नु भयो । त्यहाँ पेशा गर्ने क्रममा उबर चलाउने काम उहाँले पाउनु भयो । उबर चलाउँदा धार्मिक र सामाजिक सेवाका लागि समय पनि पाइन्ने भएकाले उहाँ त्यो पेशामा लाग्नु भयो । नेपालको दुखलाई सम्झेर १७/१८ घण्टा उबर चलाएको उहाँको अनुभव छ । आफूलाई खानलाउन आवश्य पर्ने बाहेक सबै पैसा गुम्बामा पठाउने गर्नु भएको छ ।
आफूले लेखेको पुस्तक प्रकाशन गर्दा आफूलाई मात्रै पुण्य प्राप्त हुने भयो । तर अरुलाई पनि पुण्य प्राप्त गराउनका लागि फेसबुक मार्फत पुस्तकको विषयमा जानकारी दिने काम पनि गर्नु भयो । जसबाट उहाँलाई ७० हजार डलर संकलन भयो । त्यस पछि त्यो रकमले पनि उहाँले १० हजार पुस्तक छापेर अमेरिका लगायत विभिन्न देशहरूमा नि:शुल्क वितरण गर्नु भयो । आर्थिक संकलनमा धेरै न्यूयोर्कबाट भएकाले त्यहाँ नै पुस्तक विमोचन समेत गर्नु भयो । उहाँले ति पुस्तकहरु सबैलाई निशुल्क पुस्तक वितरण समेत गर्नु भयो ।
सन् २०१३ पछि पनि पुस्तक लेखेर २०१७ मा विमोचन गराउनु भयो । यी ३ पुस्तकबाट निकै सन्तुष्टी मिलेको उहाँको भनाइ छ । मैले पढेको विश्वविद्यालयमा पनि यी पुस्तकहरु अध्ययन हुने गरेको छ । उहाँले हालसम्म ६ वटा पुस्तक लेखिसक्नु भएको छ । त्यसमा “महातीर्थ गुप्त क्षेत्र योल्मो हिमश्रंखला तथा योल्मोपा आदीवासीको इतिहास”, “तिब्बती बौध्द परम्परा, यरलुङ वंश र योल्मो” र “ बुद्धको अमृतमय वचन तथा बौध्द परम्परा” लगायतका पुस्तकहरु रहेका छन् ।