
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको नाफामा भारी वृद्धि ददेखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा १६८ प्रतिशतले नाफा बढेको हो ।
गत आवको चैत मसान्तसम्म ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको चैत मसान्तसम्म १६८.७६ प्रतिशतको भारी वृद्धि सहित १७ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाउन गर्न सफल भएको छ । त्यसैगरी समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५० करोड ८० लाख रुपैयाँबाट २२.४६ प्रतिशतको वृद्धि सहित ६२ करोड २२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कुल सञ्चालन आम्दानी ६१ करोड ६२ लाख रुपैयाँबाट २२.८५ प्रतिशतको वृद्धि सहित ७५ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
आम्दानी बढेसँगै सञ्चालन मुनाफा पनि ९ करोड ६६ लाख रुपैयाँबाट १५६.७३ प्रतिशतको उछाल सहित २४ करोड ८१ लाख रुपैयाँ नाघेको छ भने वितरणयोग्य मुनाफा ४ करोड ८५ लाख रुपैयाँबाट २०७ प्रतिशतको भारी उछाल सहित १४ करोड ९० लाख रुपैयाँ नाघेको छ । चुक्ता पूँजी ८० करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३६ करोड ४० लाख रुपैयाँ सञ्चिति छ । चैत मसान्तसम्म ग्राहकमा ११ अर्ब ३६ करोड ७७ लाख रुपैयाँ कर्जा परिचालन गरी ३ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कम्पनीको सम्पत्तिको कुल मूल्य १२ अर्ब ४ करोड रुपैयाँ नाघेको छ ।
यता कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११.९३ रुपैयाँबाट बढेर २९.२८ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) पनि ४.९७ प्रतिशतबाट बढेर ९.८८ प्रतिशत पुगेको छ । प्रतिसेयर नेटवर्थ १६३.९२ रुपैयाँ रहेको यस कम्पनीको बेसरेट १०.८७ प्रतिशत रहेको छ ।












समाचार
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट
प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना
व्यावसायिक कफी खेतीमा रमाउँदै ‘देवीराम’
साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान