
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई) बीच नीतिगत विषयमा सहकार्य गर्ने समझदारी भएको छ । नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिदै आएको प्रतिष्ठान र उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसंघबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको उपस्थितीमा विहिबार परिसंघ सचिवालयमा आयोजित हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानकातर्फबाट कार्यकारी अध्यक्ष प्रा.डा. लेखनाथ शर्मा र परिसंघकोतर्फबाट महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरेका हुन् । सो अवसरमा अध्यक्ष अग्रवालले परिसंघले नेपाल सरकारलाई अनुसन्धानमा आधारित रहेर नीतिगत सुझाव दिदै आएकोमा अब प्रतिष्ठानसँगको समझदारीले सो कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले प्रतिष्ठान र परिसंघको सहकार्यले सरकारलाई स्पष्ट एवं प्रभावकारी नीतिगत सुझाव दिन सफल हुने र त्यसले समग्र अर्थतन्त्रको विकासलाई सहयोग गर्ने बताए । परिसंघले ‘रिसर्च सेल’ स्थापना गरी कुनै पनि नीतिगत सुझाव दिदाँ अनुसन्धानमा आधारित रहेर दिदै आएको छ ।
प्रतिष्ठानका कार्यकारी अध्यक्ष शर्माले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था परिसंघसँगको सहकार्यले विषयगत अनुसन्धानका लागि सहकार्यको संस्कृतिलाई बलियो बनाएको बताए । उनले प्रतिष्ठानले अनुसन्धानमा आधारित रहरै सरकारलाई सुझाव दिदै आएकाले परिसंघसँगको सहकार्यले यस कार्यलाई थप बलियो एवं प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । सो अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, प्रतिष्ठानका प्रवक्ता डा. दिपक कुमार खड्कालगायत सहभागी रहेका थिए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू