
चितवन । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
सङ्घको दुई दिन चलेको छलफलबाट लामो समयदेखि कृषकले भुक्तानी नपाएको विषयमा ध्यानाकर्षण गराइएको हो । छलफलबाट सात बुँदे चितवन अवधारणा पत्र जारी गर्दै लामो समयदेखि भुक्तानी नदिने निजी डेरी उद्योग र दुग्ध विकास संस्थानबाट भुक्तानीको लागि सहजीकरण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्डलाई सङ्घले अनुरोध गरेको छ ।
रकम नपाए सङ्घ आन्दोलनमा जान बाध्य हुने उल्लेख गरिएको छ । कृषि विकास मन्त्रालय र सङ्घबीच भएको ११ बुँदे समझदारी कार्यान्वयन र दुग्ध विकास संस्थानको पुनःसंरचना गर्न सङ्घले आग्रहसमेत गरेको छ । कृषकलाई दुध उत्पादनको आधारमा दिइने प्रोत्साहन अनुदान उपलब्ध गराउनसमेत सरकारलाई ध्यानाकर्षण गराइएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू