
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्त) सम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बढेको हो ।
गत आवको चैत मसान्तसम्म २४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ३० करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१९ प्रतिशतले बढी हो । कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धिका कारण नाफा बढ्न मद्दत पुगेको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८५ करोड ७७ लाख रुपैयाँबाट १८.१० प्रतिशतले बढेर १ अर्ब १ करोड ३० लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी ९३ करोड ९ लाख रुपैयाँबाट १७.९० प्रतिशतले बढेर १ अर्ब ९ करोड ७५ लाख रुपैयाँ नाघेको छ । आम्दानीमा वृद्धि भएको कारण सञ्चालन मुनाफा पनि ३५ करोड १४ लाख रुपैयाँबाट ४७.२१ प्रतिशतले बढेर ५१ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ४ करोड ९७ लाख रुपैयाँ ऋणात्मकबाट ११ करोड ४० लाख रुपैयाँ धनात्मक भएको छ ।
यता प्रतिसेयर आम्दानी (ईपीएस) २५.१२ रुपैयाँबाट ३० रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ४.४२ प्रतिशतबाट ४.९२ प्रतिशत पुगेको छ। बेसरेट १५.०१ प्रतिशतबाट १३.०३ प्रतिशतमा झर्दा प्रतिसेयर नेटवर्थ २९५ रुपैयाँ कायम भएको तथ्यांकले देखाएको छ । चुक्ता पूँजी १ अर्ब ५३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ८० करोड २३ लाख रुपैयाँ र शेयर प्रिमियम ६ करोड ८२ लाख रुपैयाँ रहेको छ। चैत मसान्तसम्म आइपुग्दा कम्पनीले ग्राहकलाई १४ अर्ब ४१ करोड ३६ लाख रुपैयाँ कर्जा दिएर ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना