
वासिङटन । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने क्रममा अमेरिकी एयरलाइन्सको विमानमा आगलागी भएको अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले जनाएको छ ।
विमानमा १ सय ७२ जना यात्रु र चालक दलका छ जना सदस्य रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । डेनभर अन्तर्राष्ट्रिय विमानस्थलले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा सबै यात्रुलाई विमानबाट सकुशल बाहिर निकालिएको तर १२ जनालाई सामान्य घाइते अवस्थामा अस्पताल लगिएको जनाएको छ ।
सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको श्रव्यदृष्यहरूमा टर्मिनलनजिकै भुइँमा जेटको वरिपरि धुवाँ उडिरहेको र आपतकालीन सेवाहरू आइपुग्दा यात्रुहरू पखेटामा उभिएको देखिन्छ।
कोलोराडोबाट डलास–फोर्ट वर्थका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १००६ लाई डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको एफएएले जनाएको छ ।
एफएएले एक विज्ञप्ति जारी गर्दै भनेको छ, अवतरण पछि र गेटमा ट्याक्सी चलाउने क्रममा एउटा इन्जिनमा आगो लाग्यो र यात्रुहरूलाई स्लाइडको प्रयोग गरेर विमानबाट बाहिर निकालिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी उड्डयन एजेन्सीहरूको खर्च कटौती गर्ने प्रयास र शृङ्खलाबद्ध घटनापछि सुरक्षाको बारेमा चिन्ता व्यक्त भइरहेका बेला पछिल्लो घटना भएको हो। एफएएले पछिल्लो घटनाको अनुसन्धानका लागि निर्देशन दिइसकिएको बताएको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व