
काठमाडौं । उपभोक्ता दिवसको अवसर पारेर उपभोक्ता अदालत गठन भएको छ । उद्योग विभाग परिसरमा शनिबार आयोजित कार्यक्रममा अदालतको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गरेका हुन् ।
समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता अदालत गठन उपभोक्ता अधिकार संरक्षणको क्षेत्रमा ठूलो उपलब्धि भएको बताए । अदालतले आइतबारबाटै काम सुरु गर्ने जानकारी कार्यक्रममा दिइयो । यो अदालतले प्रारम्भमा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका उपभोक्ताको उजुरीमा सुनुवाइ गर्ने भएको छ ।
ऐन आएको ६ वर्षपछि अदालत गठन भएको हो । सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ सालमा ल्याएको थियो तर अदालत गठनको प्रक्रिया अघि बढेको थिएन । यसबारे परेको रिट सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्नुपर्ने फैसला गरेको थियो।
फेसबुक प्रतिक्रिया













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो