
स्याङ्जा । स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत हालसम्म २७ वटा रिचार्ज पोखरी निर्माण सम्पन्न भएका छन्। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ देखि सुरु गरेको यस अभियानलाई डिभिजन वन कार्यालय स्याङ्जाले निरन्तरता दिँदै आएको हो।
डिभिजन वन कार्यालय स्याङ्जाका वन अधिकृत अम्मरबहादुर पराजुलीका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ मा ३ वटा, २०८०/८१ मा १२, २०७९/८० मा ८ र २०७८/७९ मा ४ वटा रिचार्ज पोखरी निर्माण गरिएको छ। ‘पोखरी निर्माणबाट पानीका स्रोत जोगिनुका साथै वन्यजन्तुलाई सुरक्षित रूपमा पानी उपलब्ध हुने भएकाले अभियान प्रभावकारी हुँदै गएको छ,’ वन अधिकृत पराजुलीले भने। उनका अनुसार खोला–खोल्सीका मुहानहरू सुकेपछि वनको बीच तथा माथिल्लो क्षेत्रमा पोखरी निर्माण गर्दा तल्लो तटीय क्षेत्रमा पानीका मूल पुनः जीवन्त हुने, वन्यजन्तु गाउँतिर प्रवेश गर्न नपर्ने, पशुपालन र सिँचाइमा समेत सहयोग पुग्ने देखिएको छ।
वन क्षेत्रको सौन्दर्य बढाउनुका साथै बहुउपयोगी पोखरी निर्माणले वन संरक्षण र स्रोत व्यवस्थापनमा ठोस योगदान पुर्याइरहेको छ। फेदीखोला गाउँपालिका–४ स्थित कुचेको मुहान सामुदायिक वनका पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष उमाकान्त सुवेदीले वनमा बनाइएका पोखरीबाट पशुपालन, सिँचाइ र स्रोत संरक्षणमा प्रत्यक्ष लाभ मिलेको बताए।
‘पोखरी तलतिरका पानीका मुहानहरू बचाइराख्न सजिलो भएको छ, वन्यजन्तु पनि त्यही पोखरीको पानी खान आउँछन्,’ सुवेदीले भने, ‘वनको दृश्य पनि अब आकर्षक देखिन थालेको छ।’ डिभिजन वन कार्यालय स्याङ्जाले प्रत्येक पोखरी निर्माणका लागि १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ। पोखरीमा आवश्यक अनुसार पक्की पर्खाल निर्माण र प्राकृतिक स्वरूप जोगाउने विधि अपनाइएको वन कार्यालयले जनाएको छ।













समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने