नेप्सेको सीईओका लागि पाँच जनाको सर्टलिस्ट सार्वजनिक

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये पाँच जना सर्टलिस्ट सार्वजनिक भएको छ । अर्थमन्त्रालयले आवेदन दिएकामध्ये पाँच जनाको नाम सर्टलिस्ट सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको सर्टलिस्ट सूचीमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् । उनीहरूलाई शैक्षिक योग्यता र व्यावसायिक कार्य योजनाको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक प्राप्त गरेकाले सर्टलिस्ट गरिएको समितिले जानकारी दिएको छ ।

साथै उनीहरूलाई चैत ६ गते बुधबार व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि अर्थ मन्त्रालयमा बोलाइएको छ । अन्तर्वार्ता बिहान ७ बजेदेखि शुरू हुने समितिले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार