सिटिजन लाइफको नाफा ८६ प्रतिशत वृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा गत आवको सोही अवधिको तुलनामा ८६ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ८६.७८ प्रतिशतले बढेको हो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको कुल आम्दानीसँगै खुद बीमाशुल्क आर्जन पनि बढेकाले नाफा बढ्न टेवा पुगेको देखिन्छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । गत आवमा यस्तो शुल्क आर्जन २ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । त्यसैगरी चालु आवको ६ महिनासम्मको अवधिमा जीवन बीमा कोषको आधार १६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको जीवन बीमाकोषमा ११ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ । कम्पनीको सेयर प्रिमियम १ अर्ब ५५ करोड रुपैयाँ, रिटेन्ड अर्निङ ८३ करोड ८० लाख रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड २८ लाख रुपैयाँ सञ्चित रहेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी गत आवमा ६ रुपैयाँ ६० पैसा रहकोमा चालु आवमा बढेर ११ रुपैयाँ ७३ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ८२ पैसा छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार