
काठमाडौं । नेपाल पत्रकार मञ्चका उपलब्ध पदाधिकारीहरुको उपस्थितिमा नेपाल पत्रकार मञ्चको पाँचौ महाधिवेशन यसै बर्षको चैत्र महिनाभित्र काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरिएको छ । उपाध्यक्ष चन्द्रमणि भट्टराईको संयोजकत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति तय गरिएको छ भने महाधिवेशनको व्यवस्थापन गर्न रमेशप्रसाद घिमिरेलाई संयोजक तोकिएको छ ।
यस्तै, रोयल आचार्यको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति तोकिएको छ भने देव कुँवर, राजेन्द्र प्रजापति तथा जेन श्रेष्ठलाई सदस्यको जिम्मेवारी तोकिएको छ । महाधिवेशनमा पुरस्कार तथा सम्मान व्यवस्थापनका लागि महासचिव विमल थापाको संयोजकत्वमा सचिव मनुका कुँवर, सदस्यहरु केशवराज पुरुष, कुमार भण्डारी रहेको समिति गठन गरिएको छ ।
सोही महाविधेशनमा सदस्य राजेन्द्र प्रजापतिका स्वर्गीय पिता गणेशबहादुर प्रजापतिको स्मृतिमा एकजना क्रियाशील पत्रकारका लागि गणेशबहादुर प्रजापति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने निर्णय समेत गरिएको छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो