
हुम्ला । हुम्ला जिल्लाको दक्षिणी भेगमा मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम सञ्चालन भइरहेको छ । यो कार्यक्रम चैत १२ गतेदेखि जिल्लाका पाँच वटा गाउँपालिकामा सुरु गरिएको हो ।
कार्यक्रम अन्तर्गत खार्पुनाथ, सर्केगाड, चङ्खेली, र ताजाकोट गाउँपालिकामा सात दिने च्याउ र तरकारीखेती सम्बन्धी तालिमको आयोजना गरिएको छ । यो तालिम उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सञ्चालन गरेको हो । सिमकोट गाउँपालिकामा भने रातो कम्बल बनाउने ६० दिने तालिम सुरु गरिएको छ । उक्त तालिमको उद्घाटन सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले गरे । सिमकोट गाउँपालिकामा रातो कम्बल बनाउने तालिममा जिल्लाभरिका १२ जनाले सहभागिता जनाएका छन् । कार्यालयका कम्प्युटर अपरेटर सरस्वती भण्डारीले यस कार्यक्रमको उद्देश्य स्थानीयको आर्थिक स्तर सुधार गर्दै रोजगारीका अवसर सृजनासँग जोडिएको बताइन् ।
कर्णाली प्रदेशमा मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रमको उद्देश्य आर्थिक समृद्धि र रोजगारी सृजनामा योगदान पुर्याउनु रहेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू